मुख्यमन्त्रीले एसपीएससी अध्यक्षलाई बधाई दिए
मुख्यमन्त्रीले एसपीएससी अध्यक्षलाई बधाई दिए


गान्तोक, 29 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम लोक सेवा आयोग (एसपीएससी) का अध्यक्षका रूपमा नियुक्त भएकोमा एसपीएससीका सदस्य मिलन कुमार सुब्बालाई हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा यस प्रतिष्ठित संस्थानको अगुवाई गर्नु ठूलो सम्मान तथा जिम्मेवारीको कुरा रहेको बताएका छन्। उनले सुब्बाको योग्य नेतृत्वमा आयोगले सार्वजनिक सेवामा आफ्नो योग्यता, पारदर्शिता, निष्पक्षता र निष्ठाको उच्चतम मानकलाई कायम राख्नेछ भनी विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले नवनियुक्त अध्यक्षलाई सफल अनि विशिष्ट कार्यकालको निम्ति शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande