अभिषेक ब्यानर्जीको कम्याक स्ट्रीट कार्यालयमाथि कब्जा गरेको आरोप, घर मालिकले पठायो कानूनी नोटिस
अभिषेक ब्यानर्जीको कम्याक स्ट्रीट कार्यालयमाथि कब्जा गरेको आरोप, घर मालिकले पठायो कानूनी नोटिस


कोलकाता, 29 अगस्त (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको कम्याक स्ट्रीट स्थित कार्यालयलाई लिएर विवाद बढ़्दै गइरहेको छ। अवैध होर्डिङ्ग विवादपछि अब कार्यालय रहेको भवनको दुई तलामा कथित रूपमा कब्जा गरेको आऱोप सार्वजनिक भएको छ। घर मालिक पक्षले राजनीतिक प्रभावलाई प्रयोग गरी भवनको भागमा कब्जा जमाएको आरोप लगाएको छ।

जानकारी अनुसार, गत 9 नोभेम्बरमा कम्याक स्ट्रीट स्थित उक्त भवनलाई वर्ष 2020-मा तृणमूल युवा कङ्ग्रेसले घर मालिक रमा गोयनकाबाट भाड़ामा लिएको थियो। घर मालिक पक्षको आरोप छ, भाड़ाको सम्झौतामा निर्धारित शर्तहरूलाई पालन गरिएन। यो पनि आरोप छ, राजनीतिक प्रभावलाई प्रयोग गरी भवनको दुई तलामा कब्जा गरियो।

घर मालिक पक्षको दाबी छ, भवनमा केही परिवर्तन तथा निर्माण कार्यको लागि अनुमति अनि प्रमाण पत्रसित सम्बन्धित मामिलालाई लिएर कैयौं पटक आग्रह गरियो, तर त्यसमाथि ध्यान दिइएन। आरोप छ, घर मालिकलाई थाहा नदिई भवनमा होर्डिङ्ग लगाइयो।

बताइएको छ, वर्ष 2020-मा भएको भाड़ाको सम्झौतामा हाल जेलमा थुनिएका तृणमूल नेता देबराज चक्रवर्तीले हस्ताक्षर गरेका थिए। घर मालिक पक्षले यस मामिलामा कानूनी नोटिस पठाएको जानकारी प्रकाशमा आएको छ।

वास्तवमा कम्याक स्ट्रीटस्थित अभिषेक ब्यानर्जीको कार्यालयमा लगाइएको होर्डिङ्गलाई लिएर पछिल्लो बिहिवार विवाद भएको थियो। कोलकाता नगरनिगमका अधिकारीहरू उक्त होर्डिङ्ग निकाल्नका लागि कार्यालयमा पुग्दा त्यहाँका सुरक्षाकर्मीहरूसित पुलिसको झड़प भयो। यस घटनापछि पुलिसले केही मानिसहरूलाई पक्राउ गरेको छ। शुक्रवार साँझ पुलिसको अपराध निरोधक दलले तौफिक नामक व्यक्तिलाई पक्राउ गऱ्यो। पुलिस अनुसार उ पनि यस घटनामा सामेल थियो। यस मामिलामा अहिलेसम्ममा 14 जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande