गुवाहाटी-दिल्लीबीच चार लेनको रेलमार्ग विकास गरिनेछ: हिमन्त बिस्म सरमा
पत्रकारों से बातचीत करते हुए मुख्यमंत्री डॉ हिमंत बिस्व सरमा।


गुवाहाटी, 29 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गुवाहाटी र दिल्लीबीचको रेलमार्गलाई चार लेनमा विस्तार गर्ने योजना रहेको बताएका छन्। शुक्रबार राति आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिँदै यसबाट असम र देशका अन्य भागबीच रेल यातायात थप सहज र तीव्र हुने बताए।

मिडियासँग कुराकानी गर्दै मुख्यमन्त्री सरमा देशभरका सातवटा रेलमार्गलाई चार लेनमा विस्तार गर्ने काम तीव्र गतिमा अघि बढिरहेको बताए। उनले सराइघाटमा दोस्रो रेलवे पुल निर्माणको काम पनि चाँडै शुरु हुने अपेक्षा गरिएको जानकारी दिए।

मुख्यमन्त्री सरमाका अनुसार, रेलमार्ग विस्तार भएपछि असम र देशका अन्य भागबीच यात्रुवाहक तथा मालवाहक रेलको आवागमन बढ्नेछ। यसबाट राज्यको रेल कनेक्टिभिटी मजबुत हुनुका साथै यातायात व्यवस्थामा समेत सुधार आउने अपेक्षा गरिएको छ।

मुख्यमन्त्रीले रेल सञ्जाल विस्तारले राज्यको आर्थिक विकास र व्यापारिक गतिविधिलाई समेत गति दिने विश्वास व्यक्त गरे।

यसैबीच, नगाउँ लोकसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनलाई लिएर मुख्यमन्त्री सरमाले कांग्रेसमाथि राजनीतिक मुद्दा सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। उनले राज्यमा कथित अवैध कब्जाधारीविरुद्ध सञ्चालन भइरहेको हटाउने अभियानलाई कांग्रेसले चुनावी मुद्दा बनाउन खोजेको आरोप लगाए।

सरमाले कांग्रेसले नगाउँ उपनिर्वाचनलाई ध्यानमा राख्दै अहिलेदेखि नै राजनीतिक तयारी शुरु गरेको जानकारी गराए।

मुख्यमन्त्रीले कांग्रेस सांसद गौरव गोगोईमाथि पनि निशाना साध्दै धिङ क्षेत्रमा बंगलादेशी मूलका भनिएका ‘मियाँ’ समुदायका मानिसलाई संरक्षण दिने कुरा गरिरहेको आरोप लगाए।

उनले बेदखली अभियानलाई चुनावी मुद्दा बनाएर कांग्रेसले राजनीतिक लाभ उठाउन खोजेको दाबी गरे। साथै, कथित अवैध कब्जाधारीलाई बेदखलीबाट जोगाउन कांग्रेसको पक्षमा मतदान गर्न सन्देश दिइरहेको आरोप पनि लगाए।

मुख्यमन्त्री डा. सरमाको आरोपबारे कांग्रेसको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande