
नयाँ दिल्ली, 29 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले देशको नयाँ युवा पुस्तासम्म आफ्नो पहुँच विस्तार गर्ने तयारी गरिरहेको छ। यस विषयमा विस्तृत छलफल गर्न र भावी कार्य योजना बनाउन पार्टीले शनिवार पार्टी मुख्यालयमा महत्वपूर्ण बैठक बोलायो।
पार्टी अध्यक्ष नितिन नवीनको अध्यक्षतामा बसेको बैठकमा विभिन्न राज्यका लगभग 45 जना नेताहरू उपस्थित रहेको स्रोतले बताएको छ। बैठकमा राष्ट्रिय महासचिव स्मृति इरानी, केन्द्रिय ग्रामीण विकास राज्यमन्त्री कमलेश पासवान, केन्द्रिय युवा मामिला तथा खेल राज्यमन्त्री रक्षा खड्से, गोरखपुरका सांसद रवि किशन, बाँसुरी स्वराज, दिल्लीका मन्त्री प्रवेश वर्मा, गुरु प्रकाश पासवान, हेमांग जोशी, योगेन्द्र चन्दोलिया, राजु बिस्ता, गुजरातका उप मुख्यमन्त्री हर्ष सङ्घवी, छत्तीसगढ़का उप मुख्यमन्त्री विजय शर्मा, राज्यवर्धन सिंह राठौर सहित धेरै युवा नेताहरू र पदाधिकारीहरू उपस्थित थिए।
बैठकमा देशका युवालाई सङ्गठनसँग जोड्ने, सङ्गठनमा युवालाई अगाड़ी बढ़ाउने, नयाँ राजनीतिक आयामका बारेमा छलफल गर्ने र भविष्यका कार्यक्रमहरूको रूपरेखा बनाउने विषयमा पनि विस्तृत छलफल गरियो। बैठकमा युवाहरूको बदलिँदो मानसिकता, उनीहरूलाई मनपर्ने, मन नपर्ने, उनीहरूका समस्या र भविष्यका लागि उनीहरूको आशा बुझ्ने लगायतका धेरै मुख्य बिन्दूहरूमाथि पनि छलफल भयो।
यो बैठक मार्फत भाजपाले आजको युवाले देश र राजनीतिलाई कसरी हेरिरहेको छ भनेर जान्ने प्रयास गर्ने विश्वास गरिएको छ। आउँदो समयमा युवाहरूको सक्रिय सहभागिता बढ़ाउनका लागि भाजपाले विशेष अभियान र कार्यक्रमहरूमा पनि जोड दिन सक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी