असममा तीन करोड रुपियाँभन्दा बढीको हेरोइन बरामद, तीन तस्कर पक्राउ
Image of the Three Arrested Drug Peddlers With Heroin Worth Over ₹3 Crore.


गुवाहाटी, 29 अगस्त (हि.स.)। असम पुलिसको स्पेसल टास्क फोर्स (एसटीएफ) ले गोप्य सूचनाका आधारमा कारबाही गर्दै ३७९ ग्राम हेरोइनसहित तीन जना कथित लागूऔषध तस्करलाई पक्राउ गरेको छ। बरामद हेरोइनको अनुमानित मूल्य तीन करोड रुपियाँभन्दा बढी रहेको बताइएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्। उनका अनुसार, एसटीएफ असमले गोप्य सूचनाका आधारमा शुक्रबार अभियान सञ्चालन गरी तीनै जना आरोपितलाई पक्राउ गरेको हो। उनीहरूलाई थप कानुनी कारबाहीका लागि हिरासतमा राखिएको छ।

मुख्यमन्त्री शर्माले राज्यमा लागूऔषधविरुद्ध सञ्चालन भइरहेको ‘असम अगेन्स्ट ड्रग्स’ अभियान निरन्तर जारी रहने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande