एन्टाली थानाको मुख्य गेटमा ताला लगाएको आरोपमा भाजपा नेता सुदीप राम निलम्बित
एन्टाली थानाको मुख्य गेटमा ताला लगाएको आरोपमा भाजपा नेता सुदीप राम निलम्बित


कोलकाता, 29 अगस्त (हि.स.)। एन्टाली थानाको मुख्य गेटमा ताला लगाएर विरोध प्रदर्शन गरेको मामिलामा भाजपाले स्थानीय नेता सुदीप रामलाई अस्थायी रूपमा निलम्बित गरिदिएको छ। गए शुक्रवार पार्टीले उनलाई कारम बताऊ नोटिस जारी गरेको थियो। नोटिसमा प्रश्न गरिएको छ, स्वतन्त्रता दिवसको राती उनले यस्तो कदम किन उठाएका हुन्? सुदीप रामलाई सात दिनभित्रमा सन्तोषजनक जवाफ दिने निर्देश दिइएको छ।

भाजपा नेतृत्वले आगामी आदेश जारी नगरूञ्जेलसम्म सुदीप राम निलम्बित रहनेछन्। यो कारबाही भाजपाको अनुशासन समितिले गरेको हो भने कारबाही गर्ने निर्देश प्रदेश भाजपा अध्यक्ष शमिक भट्टाचार्यले दिएका हुन्।

जानकारी अनुसार स्वतन्त्रता दिवसको राती एन्टाली थाना क्षेत्रमा भाजपाका दुई गुटबीच लामो समयसम्म भएको विवादले गम्भीर रूप लियो। एक गुटलाई प्रियङ्का टिबरेवालको समर्थक मानिन्छ भने दोस्रो गुटमा दुई दाज्यु-भाइ दिलीप राम र सुदीप रामका समर्थकहरू सामेल छन्।

सूत्र मुताविक पद्मपुकुरको वार्ड सङ्ख्या- 54 मा दिलीप र सुदीप रामको गुटले दुर्गा पूजा आयोजना गर्ने तयारी गरिरहेको थियो। यसको लागि खुट्टी पूजा पनि गरिएको थियो। आरोप छ, प्रियङ्का टिबरेवाल गुटले यसको विरोध गऱ्यो। तथापि प्रियङ्का गुटद्वारा भनियो, दुर्गा पूजालाई लएर स्थानीय मानिसहरू र दिलीप-सुदीप गुटबीच विवाद भएको थियो।

भनिन्छ, यसै विवादको प्रभाव स्वतन्त्रता दिवसको कार्यक्रममा पनि देख्न पाइयो। आरोप छ, दिलीप-सुदीप गुटद्वारा आयोजित कार्यक्रममा केही मानिसहरूले बबाल मचाए, केही मानिसहरूमाथि कुटपिट पनि गरियो। यसको विरोधमा प्रभावित गुटका मानिसहरूले एन्टाली थाना घेराउ गरे। आरोप छ, यस अवधि थानाको मुख्य गेटमा ताला लगाइदियो।

घटनाको जानकारी पाएपछि अबेर राति पुलिसका वरिष्ठ अधिकारी एन्टाली थानामा पुगे। अधिकारीहरूको मध्यस्थतापछि स्थितिलाई नियन्त्रण गरियो। तथापि दिलीप-सुदीप गुटद्वारा दाबी गरियो, उनीहरूको कुनै पनि व्यक्तिले थानाको गेटमा ताला लगाएको थिएन। पुलिसकर्मीहरूले आफै ताला लगाएको आरोप उनीहरूले लगाएका छन्।

यता पुलिस सूत्र अनुसार यस घटनालाई लिएर दिलीप राम र सुदीप रामविरूद्ध एन्टाली थानामा प्राथमिकी दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande