
कोलकाता, 29 अगस्त (हि.स.)। नेपालमा आएको प्राकृतिक आपदाबाट प्रभावित पश्चिम बङ्गालका बेपत्ता मानिसहरूका परिवारहरूसित मुख्यमन्त्री शुभेन्दु अधिकारीले भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट बातचित गरे। मुख्यमन्त्रीले भवानी भवनबाट प्रभावित परिवारहरूको अवस्था बुझे अनि उनीहरूलाई हरसम्भव सहायता गर्ने भरोसा दिलाए।
मुख्यमन्त्री कार्यालयद्वारा शनिवार जारी जानकारी अनुसार राज्य सरकारले नेपालमा फसेका वा प्रभावित भएका पश्चिम बङ्गालका नागरिकहरूलाई सुरक्षित फर्काएर ल्याउनको लागि निरन्तर प्रयास गरिरहेको छ। यस सम्बन्धमा भारतीय दूतावास तथा नेपाल प्रशासनसित लगातार सम्पर्क स्थापित गरिँदैछ।
मुख्यमन्त्रीले प्रभावित परिवारहरूलाई आश्वस्त पारे, राज्य सरकार यस कठिन घड़ीमा उनीहरूको साथमा सशक्त ढङ्गमा उभिएको छ। सरकारद्वारा बेपत्ता मानिसहरूको जानकारी जुटाएर उनीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्नका लागि सम्बन्धित अधिकारीहरूसित समन्वय गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा