
गुवाहाटी, 29 अगस्त (हि.स.)। नेपालमा आएको भयानक जलप्रलयपछि असमको नलबाड़ी जिल्ला निवासी समर बेजबरुवा र पङ्कज बर्मन सुरक्षित छन्। बचाउ दलले दुवैलाई सुरक्षित निकालेर काठमाण्डौं पुऱ्याएको छ भने नलबाड़ीको अरड़ा क्षेत्र निवासी अरूण महन्तको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन।
नेपालबाट समर बेजबरुवाले जलप्रलय अवधिको आफ्नो अनुभवलाई साझा गर्दै बताए, अचानक यति तीव्र गतिमा पानी आयो कि उनीहरूले आफूलाई सम्हाल्ने अवसर समेत पाएनन्। उनले भने, कसरी-कसरी उनले आफ्नो ज्यान बचाए पनि उनीसितै रहेका अन्य तीन जना मानिसहरूलाई अहिले पनि भेट्न सकेको छैन। नलबाड़ीका पङ्कज बर्मन पनि जलप्रलयपछि सुरक्षित छन्। उनले पनि आफ्नो अनुभव साझा गरे।
यता गोलाघाट जिल्लाको मेरापानीस्थित जयपुखुरी क्षेत्रका निवासी राहुल दैमारी नेपालमा एक बिजुली परियोजनामा कार्यरत् थिए। जलप्रलय आएदेखि उनी बेपत्ता भएका छन्। राहुलकी आमा आफ्नो छोराको बारेमा कुनै समाचार नपाएको कारण अत्यन्त चिन्तित भएकी छन्।उनको भनाइ छ, छोराको चिन्ताले उनको हृदय बलिरहेको छ।
नेपालमा जारी बचाउ एवं राहत अभियानबीच असमका बेपत्ता मानिसहरूको खोजी पनि भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा