किरेन रिजिजूले एनएएमको 65औँ वार्षिकोत्सवमा बेलग्रेड जाने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने
किरेन रिजीजू


नयाँ दिल्ली, 29 अगस्त (हि.स.)। केन्द्रिय संसदीय कार्य मन्त्री किरेन रिजिजुले 31 अगस्त र 01 सेप्टेम्बरमा सर्बियाको राजधानी बेलग्रेडमा हुने गुटनिरपेक्ष आन्दोलन (एनएएम) को पहिलो शिखर सम्मेलनको 65औँ वार्षिकोत्सवको उच्चस्तरीय स्मृति कार्यक्रममा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

विदेश मन्त्रालयले बैठकको विषयवस्तु गुटनिरपेक्षताको विरासतः आजको विश्वका लागि पाठ रहेको बताएको छ। भारत गुटनिरपेक्ष आन्दोलनको संस्थापक सदस्य हो र आन्दोलनको सिद्धान्त र मूल्यप्रति प्रतिबद्ध छ।

गुटनिरपेक्ष आन्दोलनमा हाल 121 वटा विकासशील देशहरू सामेल छन्। यस आन्दोलनले ऐतिहासिक रूपमा विकासशील देशहरूलाई साझा मञ्च प्रदान गरेको छ। आन्दोलनको स्थापना र यसका उद्देश्यहरूलाई अगाड़ी बढ़ाउन भारतले महत्त्वपूर्ण भूमिका खेलेको छ।

बेलग्रेडमा हुने उच्चस्तरीय स्मृति बैठकमा गुटनिरपेक्षताको विरासत र वर्तमान विश्वव्यापी परिदृश्यमा यसको प्रासंगिकतामाथि छलफल हुनेछ। बैठकमा आन्दोलनको आधारभूत कुराहरू र बदलिँदो अन्तरराष्ट्रिय परिस्थितिमा तिनीहरूको भूमिकाबारे छलफल हुनेछ।

गुटनिरपेक्ष आन्दोलनको पहिलो राष्ट्राध्यक्ष एवं शासनाध्यक्ष सम्मेलन सेप्टेम्बर 1961 मा बेलग्रेडमा भएको थियो। भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू यस आन्दोलनका प्रमुख संस्थापक नेताहरूमध्ये एक थिए। यस आन्दोलनको उद्देश्य सैन्य ब्लकको हिस्सा नबनीकन स्वतन्त्र विदेश नीति पछ्याउनका लागि देशहरूलाई साझा मञ्च प्रदान गर्नुथियो।

भारतले विकासशील देशहरूको सार्वभौमिकता, स्वतन्त्र विदेश नीति, शान्तिपूर्ण सह-अस्तित्व र गुटनिरपेक्ष आन्दोलन मार्फत अन्तरराष्ट्रिय सहयोग जस्ता मुद्दाहरूलाई निरन्तर पछ्याएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande