टीएमसीको स्थापना दिवस कार्यक्रमलाई लिएर ममता ब्यानर्जीविरूद्ध एफआईआर दर्ता
टीएमसीको स्थापना दिवस कार्यक्रमलाई लिएर ममता ब्यानर्जीविरूद्ध एफआईआर दर्ता


कोलकाता, 29 अगस्त (हि.स.)। तृणमूल कङ्ग्रेस छात्र परिषद (टीएमसीपी)- को स्थापना दिवस कार्यक्रमलाई लिएर कोलकाता पुलिसले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीविरूद्ध एफआईआर दर्ता गरेको छ। हेस्टिङ्ग्स थानामा दर्ता प्राथमिकीमा अदालतको निर्देशलाई अवहेलना गरेको, पुलिससित धक्का-मुक्की, सरकारी कामकाजमा बाधा दिएको तथा अदालतद्वारा निर्धारित समयपछि पनि कार्यक्रमलाई यथावत राखेको जस्ता आरोपहरू लगाइएको छ।

ममता ब्यानर्जी बाहेक कार्यक्रमका आयोजकहरूविरूद्ध पनि भारतीय न्याय संहिता (बीएनएस)-का केही धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले मामिलामा स्वतः संज्ञान लिँदै यो कारबाही गरेको हो।

गए शुक्रवार कोलकाताको क्याथेड्रल रोडमा टीएमसीपीको स्थापना दिवसको अवसरमा तृणमूल कङ्ग्रेसद्वारा एक सभा आयोजना गरिएको थियो। कार्यक्रमलाी लिएर कलकत्ता उच्च न्यायालयले निर्देश दिएको थियो, सड़कको उत्तरमुखी लेनलाई यातायातको लागि खुल्ला राखेर सभा आयोजा गरियोस्। तर पुलिसले दुवै दिशाको लेनलाई बन्द पायो।

कार्यक्रम अवधि पुलिससित कथित रूपमा धक्का-मुक्की भएको सिकायत पनि सामु आएको छ। यस अतिरिक्त अदालतले सबैको लागि अपरान्ह 3 बजेसम्मको समय निर्धारण गरेको थियो, तर आरोप छ, निर्धारित समय बितिसक्दा पनि कार्यक्रम भइरह्यो।

उपरोक्त घटनाहरूलाई आधार बनाएर कोलकाता पुलिसले ममता ब्यानर्जी र कार्यक्रमका आयोजकहरूविरूद्ध स्वतः संज्ञान लिँदै एफआईआर दर्ता गरेको छ।

क्याथेड्रल रोडको घटनालाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारीले पहिला नै ममता ब्यानर्जीविरूद्ध कारबाही गर्ने चेताउनी दिएका थिए। उनले आरोप लगाएका थिए, पूर्व मुख्यमन्त्रीले उच्च न्यायालयको निर्देशको उल्लङ्घन गरेकी छन्।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले पुलिसलाई यस मामिलामा एफआईआर दर्ता गर्ने निर्देश पनि दिएका थिए। त्यसपछि हेस्टिङ्ग्स थानामा ममता र कार्यक्रमका आयोजकहरूविरूद्ध मामिला दर्ता गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande