मेयरले भलस्वा ल्याण्डफिल साइटको निरीक्षण गरे, बायो माइनिङ्ग कार्यहरूको जायजा लिए
मेयरले भलस्वा ल्याण्डफिल साइटको निरीक्षण गरे, बायो माइनिङ्ग कार्यहरूको जायजा लिए


नयाँ दिल्ली, 29 अगस्त (हि.स.)। दिल्लीका मेयर प्रवेश वाहीले शनिवार भलस्वा ल्याण्डफिल साइटको निरीक्षण गरी त्यहाँ भइरहेको बायो माइनिङ्ग कार्यको जायजा लिए।

मेयर प्रवेश वाहीले अधिकारीहरूलाई भलस्वा ल्याण्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको कार्यलाई निर्धारित समय-सीमाभित्रमा पूरा गर्ने निर्देश दिे। उनले भने, बायो माइनिङ्ग कार्यमा तीव्रता ल्याउनको लागि अतिरिक्त मशिनहरूलाई खटाइएको छ।

प्रवेश वाहीले भने, भलस्वा ल्याण्डफिल साइटमा जमा भएको लिगेसी फोहोरको पहाड़ पहिलाभन्दा धेरै घटेको छ। भलस्वा ल्याण्डफिल साइटमा प्रतिदिन लगभग 15000 मेट्रिक टन मैला-कुचैलाको निस्तारण हुन्छ। वाहीले अधिकारीहरूलाई अतिरिक्त मशिनहरूलाई प्रयोग गर्ने आदेश दिएका छन् ताकि लिगेसी फोहोरको निस्तारण निर्धारित समयमा पूरा गर्न सकियोस्।

मेयरले भने, भलस्वा ल्याण्डफिल साइटमा थुप्रिएको मैला-कुचैलाको निस्तारण आगामी सेप्टेम्बर महिनादेखि उता अझ तीव्र गतिमा हुनेछ। ल्याण्डफिल साइटमा मात्र 4-5 लाख टन मैला बचेको छ भने नयाँ मैलाको निस्तारण दुई गुणा तीव्रताले गर्ने निर्देश दिइएको छ।

प्रवेश वाहीले बताए, भलस्वा ल्याण्डफिल साइटमा वेस्ट टू एनर्जी संयन्त्र जड़ान गर्ने कार्य पनि भइरहेको छ जसपश्चात फोहोर निस्तारण कार्यले थप गति पाउनेछ। उनले भने, ल्याण्डफिल साइटबाट फोहोर निस्तारण गरिएपछि निक्लिने इनर्टलाई खाल्डो भर्नको लागि प्रयोग गरिँदैछ।

मेयर वाहीले अझ बताए अनुसार दिल्ली नगरनिगम मुख्यमन्त्री रेखा गुप्ताद्वारा निर्देशित स्वच्छ सुन्दर एवं फोहोर मुक्त दिल्लीको मिशनलाई पूरा गर्नको लागि प्रतिबद्ध छ। उनले दिल्लीका नागरिकहरूसित अपील गरे, उनीहरूले आफ्नो मैला-कुचैलाहरूलाई चार वटा श्रेणीमा छुट्याएर सही ढङ्गमा निस्तारण गरून्। स्वच्छतालाई आफ्नो आदत बनाएर दिल्लीलाई स्वच्छ एवं हरियाली बनाउनमा आफ्नो योगदान दिन सक्छौंं।

भलस्वा ल्याण्डफिल साइटको निरीक्षण अवधि उत्तरी क्षेत्रका उपाध्यक्ष सञ्जय त्यागी, मनोनीत सदस्य राजपाल राणा, अतिरिक्त आयुक्त अरुण कुमार मिश्रा, प्रमुख अभियन्ता के.के. शर्मा सहित दिल्ली नगरनिगमका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande