मंगला एक्सप्रेसबाट केरल जाँदै गरेका २० बालबालिकाको स्वास्थ्य बिग्रियो, खण्डवा स्टेसनमा भयो उपचार
खंडवा स्टेशन पर रुकी ट्रेन


भोपाल, 29 अगस्त (हि.स.)। दिल्लीबाट केरल जाँदै गरेको मंगला लक्षद्वीप एक्सप्रेसमा शुक्रबार राति १५-२० जना विद्यालयका विद्यार्थीको अचानक स्वास्थ्य बिग्रिएपछि खण्डवा रेलवे स्टेसनमा रेल रोकेर उनीहरूको उपचार गरिएको छ।

जानकारीअनुसार, रेलमा यात्रा गरिरहेका विद्यार्थीहरूले शुक्रबार राति रेलको पेन्ट्री कारबाट खाना मगाएर खाएका थिए। खाना खाएपछि केही समयमै एकपछि अर्को गर्दै विद्यार्थीहरूलाई वान्ता, वाकवाकी तथा असहज महसुस हुन थालेको थियो। विद्यार्थीहरूको स्वास्थ्य बिग्रिएको जानकारी रेलवे विभागलाई प्राप्त भएपछि खण्डवा स्टेसनमा रेल रोकेर उपचारको व्यवस्था गरिएको हो।

जिल्ला अस्पतालका सिभिल सर्जन डा. अनिरुद्ध कौशल, सीएसपी अभिनव बारंगे, सिटी मजिस्ट्रेट बजरंग बहादुरसहित रेलवे तथा प्रशासनका अधिकारीहरू घटनास्थल पुगेका थिए। चिकित्सकहरूको टोलीले रेलमै विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी प्राथमिक उपचार तथा आवश्यक औषधि उपलब्ध गराएको थियो।

खण्डवाका स्टेसन मास्टर जीएल मीनाका अनुसार, मंगला लक्षद्वीप एक्सप्रेस राति करिब ९ बजेर ५ मिनेटमा खण्डवा रेलवे स्टेसन पुगेको थियो। विद्यार्थीहरूको स्वास्थ्य बिग्रिएको सूचना यसअघि नै प्राप्त भएकाले स्टेसनमा चिकित्सकहरूको टोली तयारी अवस्थामा राखिएको थियो। रेल रोकिएलगत्तै मेडिकल टोलीले प्रभावित विद्यार्थीहरूको परीक्षण शुरु गरेको थियो।

करिब ४० मिनेटसम्म रेल खण्डवा स्टेसनमा रोकिएको थियो। यस क्रममा विद्यार्थीहरूलाई प्राथमिक उपचार तथा औषधि दिइएको थियो। त्यसपछि राति करिब ९ बजेर ४५ मिनेटमा रेल भुसावलतर्फ प्रस्थान गरेको थियो।

बिरामी भएका सबै विद्यार्थी केरलका रहेको र उनीहरू एक क्रिश्चियन विद्यालयसँग सम्बन्धित रहेको बताइएको छ। उनीहरूको उमेर करिब १५ देखि १८ वर्ष रहेको छ। विद्यार्थीहरू विद्यालयका कर्मचारीसँग शैक्षिक भ्रमणका लागि दिल्ली गएका थिए र भ्रमण सम्पन्न भएपछि रेलमार्फत केरल फर्किरहेका थिए।

स्टेसन मास्टरका अनुसार, इटारसी स्टेसन पार गरेपछि विद्यार्थीहरूले रेलको पेन्ट्री कारबाट खाना लिएका थिए। खाना खाएको केही समयपछि एकपछि अर्को गर्दै उनीहरूको स्वास्थ्य बिग्रिन थालेको थियो। त्यसपछि रेलमा रहेका कर्मचारीले रेलवे अधिकारीलाई जानकारी गराएका थिए।

खण्डवा स्टेसनमा प्राथमिक उपचारपछि रेलवेका चिकित्सक तथा कर्मचारीहरूको एक टोलीलाई पनि विद्यार्थीहरूसँगै रेलमा पठाइएको छ। अधिकारीहरूका अनुसार, स्वास्थ्य विभागको टोलीले घटनाको निगरानी गरिरहेको छ। प्राथमिक उपचारपछि विद्यार्थीहरूको स्वास्थ्य अवस्था हाल नियन्त्रणमा रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande