
हुगली, 29 अगस्त (हि.स.)। एसीबी कोलकाताबाट प्राप्त सूचनाको आधारमा चन्दन नगर पुलिस कमिश्नरेटको पुलिस एवं खाद्य सुरक्षा अधिकारी (एएसओ)-ले हुगलीको श्रीरामपुर मल्लिकपाड़ाको उत्तर शिमला क्षेत्रमा हर्दी पाउडर बनाउने एउटा सानो एकाईमा शनिवार छापामारी गऱ्यो।
छापामारीमा थाहा लाग्यो, एकाईको एफएसएसएआई लाइसेन्स लगभग आठ महिनाअघि नै समाप्त भइसकेको थियो तथापि उसले खाद्य उत्पादसित सम्बन्धित गतिविधिहरू सञ्चालन गर्दै आइरहेको थियो। कारबाही अवधि खाद्य सुरक्षा अधिकारीले त्यहाँ बनाएको हर्दी पाउडरको नमूना एकत्र गरे। यी नमूनाहरूलाी प्रयोगशालामा जाँच गरी यो पत्तो लगाइनेछ कि हर्दी पाउडरमा कुनै प्रकारको कृत्रिम रङ्ग वा मिसावटीको प्रयोग त गरिएको छैन।
अधिकारीहरू अनुसार खाद्य सुरक्षा नियमहरू अन्तर्गत आवश्यक वैध लाइसेन्स बिनै एकाई सञ्चालन हुनु भनेको गम्भीर मामिला हो।मामिलामा काद्य सुरक्षा अधिकारी तथा स्थानीय पुलिसले कानूनी कारबाही शुरू गरेको छ।
अधिकारीहरूको जाँंच अब यस कुरामाथि केन्द्रित हुनेछ कि समाप्त भइसकेको लाइसेन्सले कहिलेदेखि एकाई सञ्चालन गरिरहेको थियो। तयार हर्दी पाउडरको गुणस्तर निर्धारित काद्य सुरक्षा मानदण्ड अनुरूप थियो कि थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा