तारापीठ मन्दिरमा पूजा-अर्चना गरी मुख्यमन्त्रीले भने- परम्परा अनि संस्कृतिले समृद्ध बीरभूम बनाउनेछौं
तारापीठ मन्दिरमा पूजा-अर्चना गरी मुख्यमन्त्रीले भने- परम्परा अनि संस्कृतिले समृद्ध बीरभूम बनाउनेछौं


बीरभूम, 29 अगस्त (हि.स.)। कौशिकी औंसीपूर्व मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार प्रसिद्ध तारापीठ मन्दिरमा माँ ताराको पूजा-अर्चना गरे। शिरमा पूजाको डली बोकेर मन्दिरको गर्भगृहमा पुगेका मुख्यमन्त्रीले विधिवत पूजा-अर्चना गरे अनि मन्त्रोच्चारमबीच पुष्पाञ्जली अर्पण गरे। उनले माँ तारालाई रातो बनारसी साड़ी, कमल र अपराजिताको माला अर्पण गरे। उनले आफैले पनि माला लगाएर आरती गरे।

मुख्यमन्त्री मन्दिर परिसरमा पुग्नसाथ श्रद्धालुहरूमा उत्साह देख्न पाइयो। मानिसहरू उनीसित फोटो खिच्न उर्लिए। पूजा-अर्चना गरेपछि मुख्यमन्त्रीले माँ ताराको आशीर्वाद लिएर मन्दिरदेखि बाहिरिए।

मुख्यमन्त्रीले भने, “माँ ताराको आशीर्वादले हामी परम्परा, संस्कृति औ रवीन्द्रनाथ टैगोरको धरोहर युक्त बीरभूम बनाउनेछौं।” उनले भने, मुख्यमन्त्री बनेपछि उनले कालीघाट सहित राज्यका केही प्रमुख आस्था स्थलहरूको दौड़ाह गरिसकेका छन् भने तारापीठको दर्शन गर्नु बाँकी रहेको थियो जसलाई शनिवार पूरा गरेका छन्।

कौशिकी औंसीलाई लिएऱ मुख्यमन्त्रीले भने, श्रद्धालुहरूको सुविधाको लागि सबै आवश्यक व्यवस्था गरिनेछ। यस अवसरमा तारापीठ मन्दिरमा सबैभन्दा ठूलो सङ्ख्यामा श्रद्धालुहरू आउने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande