जयगाउँमा बाढ़ीको जोखिम बढ़्यो, तोर्षा नदीको बढ़्दो जलस्तर तथा हाशिमारा झोराको किनारमा अवैध निर्माणले थप चिन्ता
जयगाउँमा बाढ़ीको जोखिम बढ़्यो, तोर्षा नदीको बढ़्दो जलस्तर तथा हाशिमारा झोराको किनारमा अवैध निर्माणले थप चिन्ता


अलिपुरद्वार, 29 अगस्त (हि.स.)। मनसुनमा भुटानका पहाड़हरूबाट आउने तीव्र धारा अनि अचानक बाढ़ीले एकपटक फेरि सीमावर्ती क्षेत्रहरूको सुरक्षालाई लिएर चिन्ता बढ़ाएको छ। भुटानको फुन्टशोलिङ्ग लगायत केही पहाड़ी क्षेत्रहरूमा हालैमा भएको घना वर्षा र बाढ़ीले विध्वंश गरेपछि अब भारतको जयगाउँ र हाशिमाराको सुरक्षालाई लिएर प्रश्न उठिरहेको छ।

आरोप छ, प्रशासनको कथित लापरवाहीको कारणले तोर्षा नदी र हाशिमारा झोराको किनारमा अवैध रूपमा गर, बहुतले भवन तथा रिसर्टहरू निर्माण भइरहेका छन्। जयगाउँको गुवाबारी तलाबस्ती, न्यू सुभाषपल्ली र छोटा मेचिया बस्ती जस्ता क्षेत्रहरूमा नदीको किनारमा कथित अतिक्रमण गरी स्थायी निर्माण गरिएको छ।

यता बड़ा मेचिया बस्ती र पार मालङ्गी बस्तीको छेउमा तोर्षाको बाढ़ी प्रभावित भूमि निकट पनि केही रिसर्टहरू बनाइएको आरोप छ। यसरी नै झरनाबस्तीदेखि बर्मनपाड़ा र त्रिवेणी टोलसम्म हाशिमारा झोराको दुवै किनारमा कथित रूपमा अतिक्रमण गरेको सिकायत छ। स्थानीय मानिसहरू अनुसार झोड़ाको प्राकृतिक बहाउलाई बाधत गरी केही बहुतले भवनहरू र आवासहरू बनाइएको छ।

स्थानीय सूत्र मुताविक लगभग एक महिनाअघि अचानक हाशिमारा झोड़ामा जलस्तर बढ़ेर झरना बस्ती निकट सड़कमा गहिरो चिरा परेको थियो। पछिल्लो वर्षको अक्टोबर महिनामा पनि तोर्षा नदीको बाँधमा भीषण कटाउपछि पार मालङ्गी बस्तीमा पानी पसेको थियो। यस स्थितिमा पनि कथित अवैध निर्माण अनि नदी-झोड़ामाथि अतिक्रमण विरूद्ध प्रभावकारी कारबाही नभएकोमा प्रश्न उठिरहेको छ।

जयगांव निवासी औ आरएसपी जिल्ला कमिटी सदस्य पासङ शेर्पाले आरोप लगाए, तोर्षा नदीबाट अवैध रूपमा बालुवा, ढुङ्गा एवं बोल्डर निकाल्नाले नदीको किनार अझ कमजोर हुँदै गइरहेको छ। उनले चेताउनी दिए, यदि पहाड़बाट अचानक ठूलो बाढ़ी आए जयगाउँमा ठूलो त्रासदी हुनसक्छ।

यता कालचिनीका विधायक औ राज्यका मन्त्री विशाल लामाले मामिलालाी गम्भीर बताउँदै भने, तोर्षा नदी र हाशिमारा झोड़ाको किनार सरकारी जमीनमा भएको कथित अवैध निर्माणको जाँच गरिनेछ। उनले भने, नदीको प्राकृतिक सन्तुलनलाई नोक्सान पुऱ्याउने निर्माण भएको पाइए सम्बन्धित मानिसहरू विरूद्ध कानूनी कारबाही गर्नको लागि सिंचााई विभाग र प्रशासनसित आग्रह गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande