
नयाँ दिल्ली, 30 अगस्त (हि.स.)। राज्यसभाका उपसभापति हरिवंश र लोकसभाका महासचिव उत्पल कुमार सिंह सहित धेरै सांसदहरूले आइतवार पूर्व लोकसभा अध्यक्ष र राजस्थानका पूर्व राज्यपाल सरदार हुकम सिंहलाई उनको जयन्तीमा संविधान सभाको सेन्ट्रल हलमा पुष्पांजलि अर्पण गरे।
उल्लेख्य, सरदार हुकम सिंह एक सांसद, न्यायविद, समाज सुधारक र एक सक्षम प्रशासक थिए। अप्रेल 1948 मा उनी संविधान सभामा निर्वाचित भए। उनी अन्तरिम संसद (1950-52) र पहिलो, दोस्रो र तेस्रो लोकसभाका सदस्य पनि थिए। सरदार हुकम सिंह 20 मार्च 1956 मा लोकसभाको उपाध्यक्षको रूपमा निर्वाचित भएका थिए।
उनी दोस्रो लोकसभामा उपाध्यक्षका रूपमा पुनः निर्वाचित भए। सरदार हुकम सिंह तेस्रो लोकसभामा सर्वसम्मतिले अध्यक्ष निर्वाचित भए र 17 अप्रेल 1962 देखि 16 मार्च 1967 सम्म सदनको अध्यक्षता गरे। त्यसपछि, उनी सन् 1967 देखि 1972 सम्म राजस्थानका राज्यपाल रहे।
हिन्दुस्थान समाचार / भवानी थामी