असमको सोनापुरमा सड़क दुर्घटनामा मृतकहरूको संख्या बढ़ेर 7 पुग्यो
Image Related to the Tragic Truck-Traveller Collision In Guwahati Outskirt.


गुवाहाटी, 31 अगस्त (हि.स.)। असमको सोनापुर स्थित राष्ट्रिय राजमार्ग-27 मा भएको घातक सड़क दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या 7 पुगेको छ। आइतवार राति ट्राभलर बस र मालवाहक ट्रक बीचको भिड़न्तमा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

ताजा जानकारीअनुसार, सातमध्ये तीन जनाको शव गुवाहाटी मेडिकल कलेज र अस्पताल (जीएमसीएच) मा राखिएको छ। तीन जनाको शव सोनापुर अस्पतालमा र एक जनाको शव कोस्मो अस्पतालमा राखिएको छ।

पुलिस अनुसार, खेत्री थाना क्षेत्रअन्तर्गत मयहाङ र भुरागांवको बीचमा तेतेलिया नजिकै दुर्घटना भएको हो। गुवाहाटीतर्फ गइरहेको ट्राभलर बस (एएस-01एचसी-0716) डिभाइडर पार गरी विपरीत दिशाबाट आउँदै गरेको मालवाहक ट्रक (एएस-07बीसी-4271) सँग ठोक्कियो। टक्कर यति तीव्र थियो कि बस र लरी दुवैमा आगलागी भयो।

घटनापछि उक्त क्षेत्रमा आतङ्क फैलियो। पुलिस र नागरिकहरूले राहत र उद्धार कार्यहरू सञ्चालन गरे, क्षतिग्रस्त सवारी साधनहरूमा फसेका मानिसहरूलाई बाहिर निकाले र घाइतेहरूलाई अस्पताल पुऱ्याए।

मानिसहरू अनुसार, नगांवबाट गुवाहाटी जाँदै गरेको ट्राभलर बसको टायर सड़कमा बनेको खाड़लमा परेपछि पड्कियो। त्यसपछि बस नियन्त्रणबाट बाहिर गयो र डिभाइडर पार गरी अगाड़ीबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो।

पुलिसले सबै शव पोस्टमार्टमका लागि पठाएको छ। एफआइआर दर्ता गरिएको छ र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande