
बिश्केक, 31 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार किर्गिजस्तानको राजधानी बिश्केकमा महात्मा गान्धीको मूर्तिलाई पुष्पांजलि अर्पण गरेका छन्। गान्धीजीका विचारहरूले सधैँ हाम्रो मन र दिमागमा अद्वितीय प्रभाव पार्ने उनले बताए।
सोशल मीडिया प्लेटफर्म 'एक्स' मा बैठकको तस्विर साझा गर्दै प्रधानमन्त्रीले भारतसँग गहिरो सम्बन्ध भएका मानिसहरूको समूहलाई भेटेको जानकारी दिए। यसमा प्रमुख भारतीय डायस्पोरा, पर्यावरणप्रति सचेत व्यक्तिहरू, योग साधक, शिक्षाविद्हरू, भारतीय प्राविधिक र आर्थिक सहयोग (आइटीइसी) का पूर्व विद्यार्थीहरू र शोधकर्ताहरू सामेल थिए।
मोदीले भारतसँगको यो निरन्तर संलग्नतामा खुशी व्यक्त गरे। उनले विशेषगरी साल 2026 मा अहमदाबादमा आयोजित पहिलो विश्व योगासन च्याम्पियनसिपमा भाग लिएर त्यहाँ पदक जित्ने एक जना योग अभ्यासकर्ताको उल्लेख गरे। योगलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने भारतको प्रयासहरूबीच यस्तो संलग्नता उत्साहजनक रहेको प्रधानमन्त्रीले बताए।
मोदी हाल किर्गिज राष्ट्रपति सदिर जापारोभको निमन्त्रणामा 26औँ शङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन किर्गिजस्तानको भ्रमणमा छन्। साल 2015 मा प्रधानमन्त्री मोदीले गान्धीजीको मूर्तिको अनावरण गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी