
नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। उत्तराखण्डको हल्द्वानीमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेको सार्वजनिक सभापछि शुद्धिकरण मामिलामा विपक्षी नेता राहुल गान्धी विरुद्ध एफआइआर दर्ता भएकोमा काङ्ग्रेसले निन्दा गरेको छ। काङ्ग्रेसका महासचिव केसी वेणुगोपालले राहुल गान्धी विरुद्ध एफआइआर दर्ता गर्नाले राजनीतिक दुर्भावना देखाएको बताए। शुद्धिकरणमा संलग्नहरू विरुद्ध कारबाही नगरेसम्म काङ्ग्रेसको आन्दोलन रोकिनेछैन भनी उनले बताए।
वेणुगोपालले एक्स पोस्टमा राहुल गान्धीले पत्रकार सम्मेलन बोलाएको र खडगेको बैठकपछि गरिएको कथित शुद्धिकरणका लागि भाजपाका कार्यकर्तामाथि मुद्दा चलाउन माग गरेको बताए। भोली पल्ट उत्तराखण्ड पुलिसले राहुल गान्धी विरुद्ध एफआइआर दर्ता गऱ्यो। अझ् गम्भीरताका साथ भाजपाले कथित रूपमा जातिवादी व्यवहारको रक्षा गरेको उनले आरोप लगाए। यसले सामाजिक अन्याय विरुद्ध आवाज उठाउनेहरूलाई दबाउन राज्यको पूर्ण शक्ति प्रयोग गर्न भाजपा तयार छ भन्ने सन्देश दिन्छ।
सोमवार साँझ काङ्ग्रेस कार्यकर्ताहरू देशभरि सड़कमा उत्रने उनले बताए। यस क्रममा भाजपा नेताहरू विरुद्ध कारबाहीको माग गरिनेछ, जसमाथि कांग्रेसले खरगेको अपमानमा सामेल भएको आरोप लगाएको छ। साथै संविधानमा निहित सामाजिक न्यायका मूल्यहरूको रक्षा गर्न विरोध प्रदर्शन गरिनेछ। उनले कथित 'शुद्धिकरण' घटनाका लागि जिम्मेवारहरू विरुद्ध कानूनी कारबाही नभएसम्म काङ्ग्रेसको आन्दोलन जारी रहने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी