
गान्तोक, ३१ अगस्त (हि.स.)। नाम्ची जिल्लाको वोक निवासी तथा ‘रन सिक्किम’ की सदस्य शोभा राईले सूर्य स्पीति च्यालेन्ज- द बोर्डर ब्याश अन्तर्गत २१ किलोमिटर दौडको ३१-४० वर्ष उमेर समूहमा तेस्रो स्थान हासिल गर्दै सिक्किमको नाम उच्च बनाएकी छन्। उक्त प्रतियोगिता उच्च हिमाली क्षेत्रमा आयोजना हुने चुनौतीपूर्ण म्याराथनमध्ये एक हो।
उच्च उचाइको चुनौतीपूर्ण भू-भागमा भएको प्रतियोगितामा राईले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो असाधारण सहनशीलता र दृढ संकल्प प्रस्तुत गरिन्। उनको यो उपलब्धि लामो दूरीको दौडप्रतिको समर्पण, निरन्तर प्रयास र खेलप्रतिको लगावको प्रमाण हो। राईको यस उपलब्धिले ‘रन सिक्किम’ समुदायका साथै राज्यभरिका सहधावकहरूमा गर्वबोधको भावना जगाएकी छन्।
‘रन सिक्किम’ ले शोभा राईलाई उनको उल्लेखनीय उपलब्धिका लागि बधाई दिँदै आगामी दौड तथा खेलकुद यात्राका लागि निरन्तर सफलताको शुभकामना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल