खरसाङमा फूटबल प्रतियोगितालाई लिएर सभा सम्पन्न
Football tournament conference


खरसाङ, ३१ अगस्त (हि.स.)। आगामी 19 सेप्टेम्वरदेखि शुरु हुन गइरहेको त्रि स्तरिय स्वर्गीय लुतेसिंह सार्की विजेता अनि स्वर्गीय सुखमाया सार्की उपविजेता अण्डर 14 लीग, गर्ल्स ओपन नक आउट अनि अन्तर कार्यालय लीग कम नक आउट फूटबल प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा आज संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा बस्यो।

सचिव निर्मल गुरुङले 80औं स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौडलाई सफल तुल्याउने संघका कर्मठ सदस्यहरु र म्याराथन दौडको समय सहयोग पुर्याउने सम्पूर्ण खरसाङवासिप्रति आभार पनि प्रकट गरे। उनले आगामी दिनमा हुने फुटबल प्रतयोगितालाई सफल बनाउन आवश्वक पर्ने विषयतिर पनि सबैको ध्यान आकर्षित गराएका थिए।

सभापछि पत्रकारसितलाई जानकारी दिॅंदै सचिव गुरुङले प्रति वर्ष झै यस वर्ष पनि अण्डर 14 बोइज लिग र गर्ल्स ओपन नक आउट प्रतियोगिता यहाँको मन्टीभीयट खेल मैदानमा आगामी 19 सेप्टेम्वरदेखि हुने बताए। उनले गर्ल्स ओपनको विजेता अनि उप विजेता दललाई गोथल्स साईदिङ्का सार्की परिवारको तर्फबाट नगद राशि प्रदान गरिने बताए।

उनले यस वर्षदेखि पुन: संघले अन्तर कार्यालय लीग फुटबल प्रतियोगिता खेलाउने र यसको निम्ति पत्राचार पनि गरिएको अवगत गराए। उनले आगामी 9 सेप्टेम्वरमा कार्यालयका प्रतिनिधिहरुसित नियमवालीबारे चर्चा गरिने अनि सोही दिन फिक्चर पनि ड्र गरिने जानकारी सचिव निर्मल गुरुङले दिएका छन।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande