
हुगली, 01 सेप्टेम्बर (हि.स.)। स्वास्थ्य सेवाको क्षेत्रमा एक महत्वपूर्ण पहल अन्तर्गत श्रीरामपुरस्थित प्यारामाउन्ट हेल्थकेयर मल्टीस्पेशलिटी अस्पतालमा मङ्गलवारदेखि आयुष्मान भारत सेवाको शुभारम्भ गरियो। यस अवसरमा धार्मिक, राजनीतिक औ चिकित्सा क्षेत्रसित सम्बन्धित विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
कार्यक्रममा पश्चिम बङ्गालमा जन स्वास्थ्य अभियान्त्रिकी औ श्रम विभागीय राज्यमन्त्री भास्कर भट्टाचार्य, महामण्डलेश्वर प्रज्ञानन्द गिरी महाराज, स्वामी सर्वानन्द अवधूत महाराज, अससमबाट आएका स्वामी नित्यानन्द गिरी महाराज, स्वामी सुमेश्वरानन्द, स्वामी तेजस्वानन्द र स्वामी प्रभानन्द सहित केही सन्त-महात्माहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा डा.एसपी दास पनि उपस्थित थिए।
प्यारामाउन्ट हेल्थकेयर मल्टीस्पेशलिटी अस्पताल आयुष्मान भारत सेवासित जोड़िएपछि क्षेत्रका पात्र मानिसहरूलाई योजना अन्तर्गत स्वास्थ्य सुविधाहरूको लाभ प्राप्त हुने आशा छ। यस पहललाई श्रीरामपुर अनि यस वरपरका क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूलाई अधिक सहज बनाउने दिशामा महत्वपूर्ण कदम मानिँदैछ।
कार्यक्रममा सन्त-महात्मागण तथा अन्य अतिथिहरूले स्वास्थ्य सेवालाई समाजसेवाको महत्वपूर्ण माध्यम बताए। उनीहरूले आवश्यकतामा रहेका मानिसहरूसम्म उन्नत र सहज चिकित्सा सुविधा पुऱ्याउनेमाथि बल दिए।
अस्पतालमा आयुष्मान भारत सेवा शुरु भएकोमा स्थानीय मानिसहरू उत्साहित भएका छन्। यस पहलबाट आयुष्मान भारत योजनाको लागि पात्र आर्थिक रूपमा कमजोर परिवारहरूलई उपचार सम्बन्धि सुविधा प्राप्त गर्न सहज हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा