आपदाको सामना गर्नको लागि ‘अर्जुन वाहिनी', सेवानिवृत्त सैनिकहरूलाई प्राथमिकता दिइने
आपदाको सामना गर्नको लागि ‘अर्जुन वाहिनी', सेवानिवृत्त सैनिकहरूलाई प्राथमिकता दिइने


कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा बाढ़ी, पैह्रो, घर भत्किने तथा अन्य प्राकृतिक एवं मानवजनित आपदाहरूको सामना गर्नको लागि राज्य सरकारले विशेष बल ‘अर्जुन’ गठन गर्ने निधो गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार कोलकातामा आयोजित एक कार्यक्रममा यस विशेष बलको घोषणा गरे। यसमा मुख्य रूपमा सेवानिवृत्त सैनिकहरू तथा आपदा प्रबन्धनको प्रशिक्षण प्राप्त मानिसहरूलाई सामेल गरिनेछ।

मुख्यमन्त्रीले भने, राज्यमा आपदा प्रबन्धनको लागि पर्याप्त प्रशिक्षण र आधुनिक उपकरणहरूको अभावव छ। उनले अम्फानपछिको स्थिति र तारातला दुर्घटनाको उल्लेख गर्दै भने, आपदा प्रबन्धन व्यवस्थालाी अझ मजबुत बनाउन आवश्यक छ। उनले निर्माण कार्यहरूमा नियमहरूलाई बेवास्ता गरेकोमा चिन्ता व्यक्त गर्दै माझेरहाट तथा पोस्ता फ्लाइओभर भत्किएका जस्ता घटनाहरूको उल्लेख गरे।

प्रारम्भिक चरणमा ‘अर्जुन’ बलमा 200 जना सदस्यहरू हुनेछन् जसमध्ये 100 जना कोलकाता, 50 जना पहाड़ी क्षेत्र र 50 जनालाई सुन्दरबन क्षेत्रमा तैनाथ गरिनेछ। भविष्यमा राज्यका प्रमुख पर्यटन केन्द्रहरूमा पनि ‘अर्जुन’-का एकाईहरूलाई तैनाथ गर्ने योजना छ। दार्जीलिङ, काकद्वीप, दीघा औ कोलकातामा आपदा प्रबन्धनसित सम्बन्धित आवश्यक ढाँचा विकसित गरिनेछ।

‘अर्जुन’ -मा सामेल सदस्यहरूलाई दुई वटा श्रेणीमा विभाजन गरिनेछ। सामान्य सदस्यहरूलाई ‘वीर’ र टीमलाई नेतृत्व गर्ने सदस्यलाई ‘वीरनायक’ कहलाइनेछ। ‘वीर’-लाई प्रत्येक महिना 25 हजार रुपियाँ ‘वीरनायक’-लाई 40 हजार रुपियाँ मानदेय दिइनेछ। यसमा प्रत्येक वर्ष तीन प्रतिशत वृद्धि गर्ने प्रावधान हुनेछ।

बलका सदस्यहरूलाई समूह बीमाको सुविधा प्राप्त हुनका साथै गम्भीर दुर्घटना वा मृत्यु भएको स्थितिमा 10 लाख रुपियाँसम्मको बीमा कभर तथा स्थायी अक्षमताक स्थितिमा 5 लाख रुपियाँसम्मको बीमा कभर उपलब्ध गराइनेछ।

मुख्यमन्त्री अनुसार हाल राज्य सैनिक बोर्डको माध्यमबाट 40 वर्षसम्म पुगेका मानिसहरूलाई ‘अर्जुन’- मा सामेल गरिँदैछ। नागरिक सुरक्षाको प्रशिक्षण प्राप्त मानिसहरूको सेवालाई पनि प्रयोग गरिनेछ। उनले भने, जनवरीमा अग्निवीरहरूको पहिलो खेप आएपछि उनीहरूलाई पनि यस बलमा सामेल गर्ने व्यवस्था गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande