
पश्चिम बर्दवान, 01 सेप्टेम्बर (हि.स.)। विश्व हिन्दू परिषदले एक सन्देश जारी गरी पूजा मण्डप वा त्यस वरपर पूजा अवधि मांसहारी भोजन सेवन नगर्न भनेको थियो। तर राज्य सरकारले यस प्रस्तावलाई समर्थन गरेको छैन।
सरकारले सर्वसाधारण मानिसहरूमा यो निर्देश लागू गर्नेमाथि सोचिरहेको छैन कि पूजा अवधि उनीहरूको भोजनको मेन्यूमा के हुन्छ-के हुँदैन। विश्व हिन्दू परिषदले आफ्नो वैचारिक आधारमा केही प्रस्तावहरू अवश्य दिएको भए पनि राज्य सरकार मांसहारी भोजनमा कुनै पनि प्रकारको रोक लगाउन इच्छुक छैन जसको अर्थ हुन्छ, नवमीको दिन पाठाको मासुको झोल होस् वा दशमीको अवसरमा जोड़ा इलिश, पूजाको पारम्परिक खान-पानमा कुनै पनि प्रकारको बाधा हुनेछैन। बङ्गालीहरूको लागि दुर्गा पूजा केवल एक धार्मिक उत्सव मात्र नभएर भावना अनि पारम्परिक खानपानसित जोड़िएको एउटा ठूलो पर्व पनि हो।
पछिल्लो केही दिनदेखिको यस कुरालाई लिएर सोशल मीडियामा विभिन्न प्रकारका चर्चाहरू भइरहेका थिए कि के यसपालि पूजाको अवसरमा माछा-मासु खान वा बेच्नमाथि कुनै प्रतिबन्ध लगाइनेछ? यसको कारण विश्व हिन्दू परिषदको त्यो सन्देश थियो जसमा पूजा मण्डपहरूको वरिपरी मांसहारी भोजनको बिक्री र सेवन नगर्न भनिएको थियो। त्यसपछि सोशल मीडियामा विभिन्न जानकारी एवं दाबीहरू भाइरल हुन थाल्यो।
सूत्र अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारीले आगामी सात सेप्टेम्बरको दिन मुद्दामा सरकारको नीति स्पष्ट पार्न सक्छन्। सम्भवतः उनले कोलकाताको मिलन मेला प्राङ्गणमा पूजा समितिहरूसित बैठक गर्नेछन्। यस बैठकमा दुर्गा पूजासित सम्बन्धित विभिन्न मुद्दाहरूमा चर्चा हुनसक्छ।
नवान्न सूत्र मुताविक मुख्यमन्त्रीले यस बैठकमा मांसहारी भोजनलाई लिएर राज्य सरकारको स्थिति स्पष्ट पार्न सक्छन् कि दुर्गा पूजा अवधि माछा-मासु खानेमाथि सरकारद्वारा कुनै प्रतिबन्ध लगाइनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा