डायमण्ड हार्बरमा तृणमूल नेताहरूविरूद्ध पोस्टरले राजनीतिलाई ततायो
डायमण्ड हार्बरमा तृणमूल नेताहरूविरूद्ध पोस्टरले राजनीतिलाई ततायो


दक्षिण 24 परगना, 01 सेप्टेम्बर (हि.स.)। जिल्लाको डायमण्ड हार्बरमा तृणमूल नेताहरूको विरोधमा पोस्टर टाँसिएपछि मङ्गलवार राजनीतिक हावा तातिएको छ। मङ्गलवार बिहान डायमण्ड हार्बर नगरपालिका परिसर सहित केही महत्वपूर्ण स्थानहरूमा तृणमूल कङ्ग्रेसका केही नेताहरूको नाममा पोस्टर टाँसेको देखियो। पोस्टर सार्वजनिक भएपछि क्षेत्रमा खैलाबैला मचियो।

पोस्टरहरूमा तृणमूल नेता अमित साहा, गौतम अधिकारी, शमिम अहमद औ मेहबूब रहमान गायेन सहित केही नेताहरूको नाममा लेखिएको छ। अमित साहालाई पक्राउ गर्ने माग गरिएको छ। पोस्टर कसले टाँस्यो, यसलाई लिएर राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला शुरू भएको छ।

पीड़ित भाजपा कार्यकर्ता तथा स्थानीय नेताहरूले दाबी गरेका छन्, भ्रष्ट्राचारको आरोप तथा अतीतमा भाजपा कार्यकर्ताहरूमाथि भएको कथित अत्याचारको विरोधमा यो पोस्टर टाँसिएको हो। उनीहरूको आरोप छ, पछिल्लो लामो समयदेखिको क्षेत्रमा भ्रष्टाचारको माहोल व्याप्त रहिआएको छ।

विपक्षी दलका कार्यकर्ताहरूलाई विभिन्न ढङ्गबाट सताउने, वञ्चित राख्ने गरिएको छ। यस्तै आरोपहरूको विरोधमा मङ्गलवार बिहान एकजुट भएर पोस्टर टाँसिएको हो। यद्यपि पोस्टरहरूमा लगाइएका आरोपहरूलाई लिएर तृणमूलका स्थानीय नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande