
मालदा, 01 सेप्टेम्बर (हि.स.)। कालो बजारी औ बिचौलीहरूको मनमानीलाई रोक्नको लागि मङ्गलवार मालदा जिल्ला प्रशासनले कड़ा कदम उठायो। सर्वसाधारण मानिसहरूलाई आवश्यक वस्तुहरू उचित मूल्यमा प्राप्त होस् भन्ने उद्देश्यले प्रशासनिक अधिकारीहरूले बजारमा गएर निगरानी गर्न शुरू गरेका छन्।
मालदाका जिल्लाधिकारी राजनवीर कपूरले आफै इङ्ग्लिश बजारको रेथबाड़ी अनि नेताजी पुर बजार सहित केही प्रमुख सब्जी र माछा बजारहरूको निरीक्षण गरे। उनको साथमा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
निरीक्षणको क्रममा जिल्लाधिकारीले विभिन्न पसलहरूमा गएर व्यापारीहरूसित बातचित गरे। उनले ग्राहकहरूसित पनि बजारमा वस्तुहरूको मोलभाव तथा बिक्री सम्बन्धी जानकारी लिए। जिल्लाधिकारीले पसलहरूमा निर्धारित मूल्य सूची सही ढङ्गमा राखिएको छ कि छैन, त्यसको पनि जाँच गरे।
उनले व्यापारीहरूलाई चेताउनी दिए, कुनै पनि व्यक्तिले कृत्रिम रूपमा वस्तुहरूको अभाव उत्पन्न गराएर अधिक मूल्मा बिक्री नगरोस्। प्रशासनले स्पष्ट पाऱ्यो, कालो बजारी वा अवैध रूपमा सामान जमा गरेर राखेको सिकायतलाई सही पाइयो भने सम्बन्धित मानिसहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।
अचानक भएको प्रशासनिक निरीक्षणबाट बजारमा खैलाबैला मचियो भने सर्वसाधारण ग्राहकहरूले प्रशासनको कारबाहीप्रति खुशी व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा