
बीरभूम, 01 सेप्टेम्बर (हि. स.)। जिल्लाको रामपुरहाटमा मङ्गलवार पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीकी भतिजी बृष्टि मुखर्जी (28) को रहस्यमय परिस्थितिमा मृत्यु भयो। उनको शव कुसुम्बा गाउँस्थित निजी घरको दोस्रो तलामा कोठाभित्र गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो।
बृष्टि ममता ब्यानर्जीका मामाका छोरा (भाइ) निहार मुखर्जीकी छोरी थिइन्। मङ्लवार घरको दोस्रो तलामा कोठाभित्र उनको शव भेटिनाले खैलाबैला मचियो।
प्राप्त जानकारी अनुसार बृष्टिमाथि प्राथमिक विद्यालयमा अवैध ढङ्गमा नोकरी पाएको आरोप लागेको थियो। लगभग एक वर्षअघि उनले आफ्नो नोकरी गुमाएकी थिइन्। यस अतिरिक्त उनको पतिसित सम्बन्ध विच्छेदको मामिला पनि चलिरहेको थियो।
पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा