
नयाँ दिल्ली, 01 सेप्टेम्बर (हि.स.)। राजधानीमा प्याजको मूल्य अनि उपलब्धतालाई लिएर सृजित दबावमा दिल्ली सरकारले मानिसहरूलाई ठूलो राहत दिने पहल गरको छ। केन्द्र सरकारले दिल्लीको लागि 1000 मेट्रिक टन प्याज उपलब्ध गराउने निर्णय लिएको छ। यसलाई उचित दरमा पसलहरूको माध्यमबाट 35 रुपियाँ प्रतिकिलोको दरले उपभोक्ताहरूलाई उपलब्ध गराइनेछ। मुख्यमन्त्री रेखा गुप्ताले स्पष्ट पारेकी छन्, उनको सरकारले राजधानीमा प्याजको सङ्कट उत्पन्न हुन दिनेछैन।
उनले मङ्गलवार एक विज्ञप्ति मार्पत भनिन्, उचित दरका पसलहरूसँगसँगै दिल्लीका सबै 13 वटा जिल्लाहरूमा एउटा-एउटा भ्यानको माध्यमबाट पनि प्याज बिक्री गरिनेछ। यी भ्यानहरूले राजधानीका अलग-अलग क्षेत्रमा पुगेर मानिसहरूलाई 35 रुपियाँ प्रतिकोलीको दरले प्याज उपलब्ध गराउनेछन्।भ्यान मार्फत बिक्री गर्नुको उद्देश्य ती क्षेत्रहरूसम्म पनि सस्तो प्याज पुऱ्याउनु हो जहाँ मानिसहरूलाई उचित दरका पसलहरूसम्म पुग्नको लागि कष्ट हुनसक्छ।यसबाट राजधानीका विभिन्न क्षेत्रहरूमा प्याजको उपलब्धता बढ़्नेछ अनि अधिक सङ्ख्यामा दिल्लीवासीहरूलाई यसको लाभ प्राप्त हुनेछ।
मुख्यमन्त्रीले भनिन्, दिल्ली सरकारले प्याजको उपलब्धता र मूल्यहरूमाथि निरन्तर नजर राखिरहेको छ। सरकारको प्रयास हो, राजधानीमा कुनै पनि स्थितिमा प्याजको सङ्कट उत्पन्न नहोस् अनि मानिसहरूलाई उचित दरमा आवश्यक खाद्य सामग्री उपलब्ध भइरहोस्।दिल्ली सरकारले आम मानिसहरूको हितलाई सर्वोच्च प्राथमिकता दिँदै प्जायको सस्तो र पर्याप्त उपलब्धता सुनिश्चित गर्नको लागि हरसम्भव कदम उठाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा