पानागढ़मा स्कुटी शोरूपमा भीषण अग्निकाण्ड, क्षेत्रमा कोकोहोलो मचियो
पानागढ़मा स्कुटी शोरूपमा भीषण अग्निकाण्ड, क्षेत्रमा कोकोहोलो मचियो


पश्चिम बर्दवान, 01 सेप्टेम्बर (हि. स.)। पानागढ़को दार्जीलिङ मोड़ निकट मङ्गलवार सवेरै एउटा स्कुटी शोरूममा भयानक आगो लाग्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। द्रूत गतिमा फैलिएको आगोले तीन तले भवनलाई आफ्नो चपेटमा लियो जसले गर्दा शोरूममा राखिएका केही स्कुटीहरू जलेर खरानी भयो। तर राहतको कुरा के छ भने यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचनाा प्राप्त भएको छैन।

प्राप्त जानकारी अनुसार तीन तले भवनको ग्राउण्ड फ्लोरमा स्कुटी शोरूम, प्रथम तलामा किड्स स्कूल र दोस्रो तलामा एउटा परिवार बस्दै आएको छ। मङ्गलवार बिहान लगभग 5 ब जे स्थानीय मानिसहरू घुम्न निक्लेका थिए। यसै अवधि उनीहरूले दार्जीलिङ मोड़को छेउमा अवस्थित एउटा भवनमा आगो बलिरहेको देखे। स्थानीय मानिसहरूले तत्कालै चिच्याएर वरपरका मानिसहरूलाई सतर्क गराए अनि दमकल विभागलाई पनि सूचित गरे। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो जसको चपेटमा परी शोरूममा राखिएका स्कुटीहरू नष्ट भए। सूचना पाएर काङ्कसा थानाको पुलिस र दमकल विभागका दुई वटा वाहनहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरूले लगभग डेढ़ घण्टाभित्रमा कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे।

राहतको कुरा, घटना घट्दा किड्स स्कूल बन्द थियो। यदि त्यसबेला स्कूल खोलिएको भए स्थिति गम्भीर हुनसक्थ्यो। माथिल्लो तलामा बस्ने परिवारलाई पनि चिन्तित भयो।

आगले स्कूटी शोरूमलाई ठूलो नोक्सान पुऱ्याएको छ। दमकल विभागले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। यस भयानक अग्निकाण्डपछि पानागढ़को दार्जीलिङ मोड़ संलग्न क्षेत्रमा सन्त्राष फैलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande