सिलगढ़ी नगरनिकायको चुनाउपूर्व ठूलो फसेला, नगरगिमका वार्डहरूलाई 47 देखि बढ़ाएर 63 बनाइयो
siliguri municipal corporation


सिलगढ़ी, 01 सेप्टेम्बर (हि.स.)। आगामी नगरनिकाय चुनाउपूर्व पश्चिम बङ्गाल सरकारले सिलगढ़ी नगरनिगममा वार्डहरूको सङ्ख्या बढ़ाउने ठूलो फसेला लिएको छ। नगरविकासएवंनगरपालिकामामिलाको विभागद्वारा गत 31 अगस्त, 2026-मा जारी अधिसूचना अनुसार अब सिलगढ़ी नगरनिगममा 63 वटा वार्डहरू हुनेछन्। यहाँको 47 वटा वार्डहरूमा 16 वटा बढ़ाएर 63 वटा बनाइएको हो।

सरकारी अधिसूचना मुताविक पश्चिम बङ्गाल नगरनिगम अधिनियम, 2006 को धारा सात अन्तर्गत यो फसेला लिइएको हो। वार्डहरू निर्धारण गर्दा जनसङ्ख्या, जनसङ्ख्या घनत्व, भौगोलिक स्थिति, ऐतिहासिक महत्व औ सम्बन्धित क्षेत्रहरूको आर्थिक परिस्थितिलाई ध्यानमा राखिएको छ।

यसै अधिसूचनामा दुर्गापुर नगरनिगमको लागि 53 वटा वार्ड निर्धारण गरिएको छ। सिलगढ़ीमा वार्डहरूको सङ्ख्या बढ़ाउनुलाई आगामी चुनाउको दृष्टिले महत्वपूर्ण मानिँदैछ। यस परिवर्तनले शहरको प्रशासनिक ढाँचासँगसँगै राजनीतिक समीकरणमाथि पनि प्रभाव पार्नसक्छ।

अधिसूचनाका प्रतिहरू राज्य निर्वाचन आयोग, दार्जीलिङका जिल्लाधिकारी, डाइरेक्टर अफ लोकल बडीज, स्टेट अर्बन डेभलपमेन्ट अथोरिटी औ सिलगढ़ी नगरनिगमका कमिश्नर समेत सम्बन्धित विभागहरूलाई पठाइएको छ। अब नयाँ वार्डहरूको गठन, सीमाङ्कन र चुनावी प्रक्रियालाई लिेर प्रशासनिक गतिविधिहरू तीव्र हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande