मुख्यमन्त्रीको घोषणा- पत्रकारहरूको पेन्सन बढ़ेर पाँच हजार रुपियाँ, स्वास्थ्य बीमाको घेरा पनि बढ़्यो
Suvendu Adhikari


कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। पत्रकारहरूको लागि मङ्गलवार नवान्न सभागृहमा केही महत्वपूर्ण घोषणाहरू गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पत्रकारहरूको पेन्सनलाई बढ़ाएर 5 हजार रुपियाँ बनाउने अनि स्वास्थ्य बीमाको दायरालाई पनि बढा़उने घोषणा गरे। नयाँ व्यवस्थाबाट प्रिन्ट, इलेक्ट्रनिक तथा अन्य माध्यमसित जोड़िएका पत्रकारहरूसँगसँगै समाचार कक्षको डेस्कमा काम गर्नेहरू सबैलाई लाभ प्राप्त हुनेछ।

मुख्यमन्त्रीले बताए, पत्रकारहरूलाई आयुष्मान भारत औ मुख्यमन्त्री स्वास्थ्य बीमा योजना अन्तर्गत राज्यका 1900 सरकारी एवं निजी अस्पतलाहरूमा उपचारको सुविधा प्राप्त हुनेछ। यसान्तर्गत परिवार सहित 5 लाख रुपियाँसम्मको उपचारको लाभ प्राप्त हुनेछ। उनले भने, पहिला स्वास्थ्य साथी योजना अन्तर्गत लगभग 1700 अस्पतालहरूमा उपचार सुविधा उपलब्ध थियो।

यस सुविधाको दायरा पश्चिम बङ्गालसम्म मात्र सीमित नरहेर देशभरिका लगभग 38 हजार अस्पतालहरूमा पत्रकार अनि उनीहरूको परिवारले उपचार सुविधाको लाभ प्राप्त गर्न सक्नेछन्। यसमा भेल्लोर, मुम्बईस्थित टाटा क्यान्सर अस्पताल, चण्डीगढ़ पीजीआई, हैदराबाद औ बेङ्गलुरुका प्रमुख अस्पतालहरू सामेल छन्।

मुख्यमन्त्रीले स्पष्ट पारे, आयुष्मान भारतमा सपरिवार पहिलाबाटै पञ्जीकृत पत्रकारहरूले मुख्यमन्त्री स्वास्थ्य बीमा योजनाको भिन्नै कार्ड लिने आवश्यकता छैन। पत्रकारहरूलाई परिवार सहित योजनाको लाभ प्राप्त हुनेछ। यस अवसरमा केही पत्रकारहरूलाई प्रतीकात्मक रूपमा स्वास्थ्य बीमा कार्ड पनि सुम्पिइयो।

अवकाश प्राप्त पत्रकारहरूको पेन्शन पनि बढ़ाएर 5 हजार रुपियाँ प्रतिमहिना बनाइएको छ। पहिला यो राशि 2500 रुपियाँ भने लगभग 154 जना पत्रकारहरूलाई यसको लाभ प्राप्त भइरहेको थियो। मुख्यमन्त्रीले भने, बढ़ेको पेन्शन व्यवस्था आजदेखि नै लागू हुनेछ। यसमा सबै पात्र पत्रकारहरूलाई सामेल गरिनेछ। समाचार कक्षको डेस्कमा काम गर्ने तथा प्रेस अधिमान्यता कार्ड नभएका पात्र पत्रकाकरहरू पनि यसको घेराभित्र पर्नेछन्।

पत्रकारहरूको प्रेस अधिमान्यता कार्डलाई लिएर पनि मुख्यमन्त्रीले महत्वपूर्ण घोषणा गरे। उनले भने, नयाँ अधिमान्यता कार्डको आवेदनलाई स्क्रीनिङ्ग समितिको स्तरमा अनावश्यक रूपमा रोक्ने व्यवस्था हुनेछैन। निर्धारित मानदण्ड पूरा गर्ने आवदकहरूलाई नियमानुसार कार्ड जारी गरिनेछ।

यस अतिरिक्त आवेदन गर्ने पत्रकारहरूलााई पूजा भत्ताको रूपमा 3 हजार रुपियाँ दिइनेछ। यस राशिको वितरणमा कोलकाता र जिल्लाका पत्रकाहरूमाझ कुनै भेदभाव गरिनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande