
कोलकाता, 01 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार भने, उनको सरकार आवश्यक वस्तुहरूको बढ़्दो मूल्यलाई नियन्त्रण गर्नको लागि कड़ा कदम उठाइरहेको छ। विशेष रूपमा पछिल्लो एक महिनाभित्रमा चीनीको आकाशिँदो मूल्यलाई लिएर सरकारले निगरानी अनि कारबाही बढ़ाएको छ।
मध्य कोलकाताको ऐतिहासिक हग मार्केटमा उपभोक्ता संरक्षण सप्ताह कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्रीले भने, चीनी र सब्जीहरूको खुदरा मूल्यमा वृद्धि भएको छ। सरकारको कारबाहीपछि चीनीको मूल्य सामान्य रूपमा घटेको छ।
उनले भने, आवश्यक वस्तुहरूको मूल्यमाथि नजर राख्न अनि अनुचित व्यापारिक गतिविधिहरूमाथि रोक लगाउनको लागि कोलकाता सहित राज्यका विभिन्न ब जारहरूमा प्रवर्तन शाखाका अधिकारीहरूले निरन्तर निरीक्षण गरिरहेका छन्।
उनले भने, सरकारले मिसावटी, कालो बजारी औ उपभोक्ताहरूसित धोकाधड़ीको मामिलामा जीरो टलरेन्सको नीति अप्नाउनेछ। सब्जी तथा माछाहरूलाई ताजा देखाउनको लागि रसायन वा रङ्ग प्रयोग गर्ने अनि वजन र मापमा हेरफेर गर्नेविरूद्ध पनि कारबाही गरिनेछ।
उनले भने, फ्ल्याट बुकिङ्गको नाममा जाली विज्ञापन तथा अग्रिम राशि लिएरमानिसहरूले ठगेको सिकायत पनि लगातार आइरहेको छ। यस्तो मामिलामा पनि सरकारले कड़ाई पूर्वक कारबाही गर्नेछ।
मुख्यमन्त्रीले उपभोक्ता मामिलाको विभागलाई अझ प्रभावकारी बनाउनको लागि अतिरिक्त बजट, कर्मचारीहरूको भर्ती तथा गुणस्तर र माप परीक्षणको लागि आधुनिक उपकरण उपलब्ध गराउने सहित केही कदमहरूको घोषणा गरे। साथै प्रवर्तन शाखा र भ्रष्टाचार निरोधक शाखाबाट विभागलाई पूर्ण सहयोग सुनिश्चित गर्ने कुरा गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा