राज्य मानवाधिकार आयोगकी नवनियुक्त अध्यक्षको राज्यपालसॅंग शिष्टाचार भेट
राज्य मानवाधिकार आयोगकी नवनियुक्त अध्यक्षको राज्यपालसॅंग शिष्टाचार भेट


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। राज्य मानवाधिकार आयोगकी नवनियुक्त अध्यक्ष एवं पटना उच्च न्यायालयकी पूर्व मुख्य न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राईले आज लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरिन्।

लोकभवनले भनेको छ, हालैमा सिक्किम राज्य मानवाधिकार आयोगको अध्यक्ष पदको कार्यभार सम्हालेपछि राज्यपालसॅंग न्यायमूर्ति राईको यो पहिलो औपचारिक भेट थियो।

बैठकका क्रममा अध्यक्ष राईले आयोगको कार्यप्रणाली, भावी योजना र मानवाधिकारप्रति जागरूकता बढाउन जारी प्रयासहरूको बारेमा जानकारी दिइन्।

राज्यपालले न्यायमूर्ति मीनाक्षी मदन राईलाई महत्वपूर्ण पदमा नियुक्तिका लागि बधाई दिए। उनले न्यायमूर्ति राईको व्यापक न्यायिक अनुभव र नेतृत्वमा सिक्किम राज्य मानव अधिकार आयोगले नागरिकहरूका अधिकारको रक्षाका लागि पूर्ण निष्ठाका साथ काम गर्ने विश्वास व्यक्त गरे। राज्यपालले उनको सफल अनि फलदायी कार्यकालको निम्ति आफ्नो हार्दिक शुभकामना दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande