‘सिक्किम फर नेपाल’ राहत टोली बाढी प्रभावित रसुवातर्फ प्रस्थान
‘सिक्किम फर नेपाल’ राहत टोली बाढी प्रभावित रसुवातर्फ प्रस्थान


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। आवश्यक राहत सामग्री तथा चिकित्सकीय सहायता लिएर गएको ‘सिक्किम फर नेपाल’ राहत टोलीले नेपालतर्फको काकरभिट्टा भन्सार कार्यालयमा आवश्यक आधिकारिक प्रक्रिया पूरा गरी आकस्मिक बाढीबाट प्रभावित रसुवा जिल्लातर्फ प्रस्थान गरेको छ।

नेपालमा आएको विनाशकारी बाढी तथा पैह्रोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने सिक्किमको मानवीय पहलअन्तर्गत उक्त टोलीलाई सोमबार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकबाट झण्डा देखाएर बिदाइ गरेका थिए।

काकरभिट्टा भन्सारमा आवश्यक प्रक्रिया पूरा गरेपछि टोली बाढीबाट अत्यधिक प्रभावित जिल्लामध्ये एक रसुवातर्फ अघि बढेको हो। रसुवा काठमाडौंको उत्तरतर्फ करिब ६० देखि १२० किलोमिटरको दूरीमा अवस्थित छ।

टोलीसँग आवश्यक राहत सामग्री तथा चिकित्सकीय सहायता रहेको छ। टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित तथा दुर्गम क्षेत्रसम्म पुगेर विपद्बाट प्रभावित र तत्काल सहयोग आवश्यक पर्ने नागरिकलाई राहत तथा आवश्यक चिकित्सा सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande