एसपीएससी अध्यक्षले राज्यपालसॅंग गरे शिष्टाचार भेट
एसपीएससी अध्यक्षले राज्यपालसॅंग गरे शिष्टाचार भेट


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। सिक्किम लोक सेवा आयोग (एसपीएससी) का नवनियुक्त अध्यक्ष मिलन कुमार सुब्बाले आज लोकभवनमा ​राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। आयोगका अध्यक्षको रूपमा आफ्नो कार्यभार सम्हालेपछि राज्यपालसॅंग सुब्बाको यो पहिलो भेट हो।

लोकभवनका अनुसार, यस भेटका क्रममा नवनियुक्त अध्यक्षले राज्यपालललाई आयोगको वर्तमान कार्यप्रणाली र आयोगका गतिविधिहरूको बारेमा जानकारी गराए। राज्यपालले नवनियुक्त अध्यक्षलाई बधाई दिॅंदै उनको सफल अनि फलदायी कार्यकालको निम्ति आफ्नो शुभकामना दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande