लिङ्सेमा विद्या भारती सिक्किमको समन्वय बैठक सम्पन्न, संस्कारयुक्त एवं भारतकेन्द्रित शिक्षालाई गति दिने विषयमा छलफल
लिङ्सेमा विद्या भारती सिक्किमको समन्वय बैठक सम्पन्न


लिङ्सेमा विद्या भारती सिक्किमको समन्वय बैठक सम्पन्न


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। विद्या भारती सिक्किमको मार्गदर्शनमा पश्चिम बंगालको कालेबुङ जिल्लाको लिङ्सेमा सञ्चालित सरस्वती विद्या निकेतनमा आइतबार समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा विद्यालय प्रबन्धन समितिका सदस्यहरू, आचार्य-आचार्याहरू तथा विद्या भारती सिक्किम प्रान्तका केन्द्रिय पदाधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा विद्या भारती सिक्किम प्रान्तका अध्यक्ष सीके राई, महासचिव विजय कुमार शर्मा, संयुक्त सचिव उमाकान्त शर्मा तथा संयोजक मोहन शर्मा उपस्थित थिए। विद्यालयका मार्गदर्शक सीके पौड्यालको पनि कार्यक्रममा विशेष भूमिका रहेको थियो।

बैठकमा विद्या भारतीका मूल उद्देश्यहरू-संस्कारयुक्त शिक्षा, चरित्र निर्माण तथा राष्ट्र निर्माण-अनुरूप कार्य गर्नुपर्नेमा जोड दिइयो। राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० को मर्मअनुसार गुणस्तरीय एवं भारतकेन्द्रित शिक्षाको प्रभावकारी कार्यान्वयन, आधुनिक शिक्षण पद्धतिसँग भारतीय ज्ञान परम्पराको समन्वय तथा संस्कृति र संस्कारमार्फत समाजको उत्थानका विषयमा विस्तृत छलफल गरिएको थियो।

विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा विद्यालयको गुणात्मक प्रगति सुनिश्चित गर्न दुवै संस्थाबीच अझ प्रभावकारी समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको विद्या भारती सिक्किमका कार्यालय सचिव सूर्य धितालले जानकारी दिएका छन्।

बैठकमा शिक्षा केवल सूचना प्राप्त गर्ने माध्यम मात्र नभई ‘विद्या’ भएको उल्लेख गर्दै यसले विद्यार्थीलाई आत्मनिर्भर, संस्कारयुक्त तथा समाजप्रति उत्तरदायी नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande