श्रीलङ्कामा ग्रेनेड हमलामा दुई बालबालिकाको मृत्यु
सांकेतिक।


कोलम्बो, ११ सेप्टेम्बर (हि.स.)। श्रीलङ्काको पश्चिमी प्रान्तको कोलम्बो जिल्लाअन्तर्गत देहिवला माउन्ट लाविनियाको कावडानमा आज बिहान सिरिसङ्गाबो सडकमा रहेको एउटा घरमा भएको ह्यान्ड ग्रेनेड हमलामा दुई बालबालिकाको मृत्यु भएको छ। पुलिसले एक बालकको उमेर १० वर्ष र अर्काको १४ वर्ष रहेको जनाएको छ।

द मिरर समाचार पत्रका अनुसार, पुलिसले १० वर्षीय बालकको कलुबोविला शिक्षण अस्पतालमा भर्ना गरेको केही समयपछि मृत्यु भएको तथा उनका १४ वर्षीय भाइको उपचारका क्रममा मृत्यु भएको जनाएको छ। यस विस्फोटमा उनीहरूका ५२ वर्षीय बुबा र अन्य दुई बालबालिका पनि गम्भीर घाइते भएका छन्। उनीहरूलाई पनि अस्पताल भर्ना गरिएको छ।

पुलिसका अनुसार, बुबाको उपचार भइरहेको छ। ग्रेनेड हमलाको कारणबारे अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन। पुलिसले घटनाको जाँच शुरु गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande