आगलागीमा गाईको ग्वाली जलेर स्वाहा, लाखौं रुपियाँको नोक्सान
आगलागीमा गाईको ग्वाली जलेर स्वाहा, लाखौं रुपियाँको नोक्सान


बरपेटा (असम), 13 सेप्टेम्बर (हि.स.)।. बरपेटा जिल्लाको निशानरस गाउँमा आगो लागेर एकजना व्यक्तिको गाईको ग्वाली जलेर खरानीमा परिणत भयो।

पुलिसले आइतवार बतायो, जिल्लाको निशानरस गाउँमा आगलागी भएको जानकारी पाए लगत्तै घटनास्थलमा पुलिस दल पुग्दा-नपुग्दा रहिम बादशाह नामक व्यक्तिको गाईको ग्वाली जलेर पूर्ण रूपले नष्ट भइसकेको थियो।

आगलागीको चपेटमा परी चार वटा गाई जलेर घाइते भएका छन्। पशुहरूको निम्ति बालिएको धुँवाबाट आगो लागेको आशङ्का व्यक्त गरिएको छ। आगलागीमा लगभग तीन लाख रुपियाँको सम्पत्ति नष्ट भएको छ। पुलिस नोक्सानको मूल्याङ्कन गर्नमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande