मुख्यमन्त्रीले इन्द्रजात्रा समारोह समितिका सदस्यहरूसॅंग भेट गरे
मुख्यमन्त्रीले इन्द्रजात्रा समारोह समितिका सदस्यहरूसॅंग भेट गरे


गान्तोक, १३ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी राज्यस्तरीय इन्द्रजात्रा समारोहलाई लिएर इन्द्रजात्रा समारोह समिति, सिक्किम नेवार गुठीका सदस्यहरूसँग भेट गरेका छन्।

मानन केन्द्रमा आयोजना हुने राज्यस्तरीय इन्द्रजात्रा समारोहको तयारीबारे भएको भेटका क्रममा मुख्यमन्त्री तामाङले इन्द्रजात्रा नेवार समुदायको समृद्ध सांस्कृतिक सम्पदा, परम्परा र सामुदायिक भावनालाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण पर्व रहेको आज सामाजिक सञ्जालमा बताएका छन्।

उनले पुस्तौंदेखि चलिआएका सांस्कृतिक परम्पराको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्न समुदाय एकजुट भएर अघि बढिरहेकोमा खुशी व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले राज्यका सम्पूर्ण नेवार समुदायलाई भव्य तथा सफल इन्द्रजात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दै यस वर्षको इन्द्रजात्राले खुशी, समृद्धि र आपसी एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, सिक्किमको विविध सांस्कृतिक सम्पदाको संरक्षणप्रतिको साझा प्रतिबद्धतालाई यस पर्वले थप मजबुत बनाउने उनले बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande