चिलिमे जलविद्युत परियोजनाको भूमिगत पावर हाउससम्म पुग्न अझै तीन दिन लाग्ने
चिलिमे सुरंग में चल रहा संयुक्त बचाव कार्य


काठमाडौं, १३ सेप्टेम्बर (हि.स.)। नेपालको चिलिमे जलविद्युत परियोजनाको भूमिगत पावर हाउससम्म पुग्न सुरुङभित्र जम्मा भएको माटो, हिलो हटाउने काम निरन्तर भइरहेको छ। हालको गतिमा काम जारी रहे कम्तीमा अझै तीन दिन लाग्ने अनुमान गरिएको छ।

उद्धार अभियानमा संलग्न सुरुङ विशेषज्ञ तथा सांसद श्रीराम न्यौपानेका अनुसार, शनिबार बिहान ६ बजीदेखि एक्स्काभेटर र व्हील लोडरको सहायताले सुरुङभित्र जम्मा भएको हिलो तथा मलबा हटाउने काम निरन्तर भइरहेको छ। उनका अनुसार, शनिबार साँझसम्म करिब ६० मिटर हिलो तथा मलबा हटाइसकिएको थियो। काम यही गतिमा अघि बढे सुरुङभित्र फसेका व्यक्तिहरूसम्म पुग्न तथा पावर हाउससम्म पुग्न अझै करिब तीन दिन उत्खनन गर्नुपर्ने हुनसक्ने उनले अनुमान गरेका छन्।

चिलिमे जलविद्युत परियोजनाको भूमिगत संरचनामा फसेका व्यक्तिहरूलाई उद्धार गर्न निरन्तर उद्धार अभियान सञ्चालन भइरहेको छ। सुरुङभित्र ठूलो मात्रामा हिलो तथा मलबा जम्मा भएका कारण उद्धार टोलीलाई अगाडि बढ्न कठिनाइ भइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande