
कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा आइतवार अधिकांश जिल्लाहरूमा बादल लाग्नको साथै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। केही जिल्लाहरूमा बिजुली चम्किने, तीव्र वर्षा तथा झोंकादार हावा चल्नसक्छ। मौसम विभाग अनुसार बङ्गालको खाड़ी र त्योसित संलग्न क्षेत्रमा निर्मित निम्न दबावको प्रभावले वर्षा भइरहेको छ।
दक्षिण बङ्गालको पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया औ दक्षिण 24 परगनामा घना वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अप्नााउन आवश्यक छ। यस अतिरिक्त दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि कहीँ-कतै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। मेघ गर्जनसितै तीव्र हावा चल्ने अनि पानी पर्ने सम्भावना छ।
उत्तर बङ्गालमा जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहारमा मुसलधारे पानी पर्ने चेताउनी दिइएको छ। दार्जीलिङ, कालेबुङ, उत्तर तथा दक्षिण दिनाजपुर अनि मालदामा पनि कतिपय ठाउँमा पानी पर्ने सम्भावना छ। पहाड़ी जिल्लाहरूमा वर्षाका कारण स्थानीय स्तरमा आवागमन प्रभावित हुनसक्छ।
शहरमा हल्कादेखि मध्यम वर्षा तथा कतिपय स्थानहरूमा मेघ गर्जनसितै वर्षा सम्भावना छ। घना वर्षा हुने सम्भावना अपेक्षाकृत कमै छ। तापमान लगभग 33 डिग्री सेल्सियस अधिकतम र 26 डिग्री सेल्सियस न्यूनतम रहनसक्छ।
र्वषासितै वातावरणमा नमी अधिक रहने हुनाले बाफिने गर्मी महसूस हुनसक्छ। मौसम विभागको पूर्वानुमानलाई ध्यानमा राकेर मानिसहरूलाई विशेष गना वर्षा तथा वज्रपात हुने क्षेत्रहरूमा सतर्क रहने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा