
गान्तोक, १३ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी २२ देखि २४ सेप्टेम्बरसम्म बिहारको पटनामा आयोजना हुने ३७औँ पूर्व क्षेत्रीय जुनियर एथलेटिक्स च्याम्पियनसिपमा विभिन्न विधामा राज्यको प्रतिनिधित्व गरिरहेका १५ जना युवा खेलाडीलाई भेटेर शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत खेलाडीहरूको छनोट उनीहरूको कडा परिश्रम, समर्पण र खेल प्रतिभाको परिणाम रहेको बताएका छन्। उनले सम्पूर्ण टोलीलाई सफल प्रतियोगिताको शुभकामना दिँदै आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेर सिक्किमको नाम उज्ज्वल बनाउने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल