दुर्गा पूजालाई लिएर प्रशासनको बैठक, डीजे र नशाविरूद्ध कड़ा चेताउनी
दुर्गा पूजालाई लिएर प्रशासनको बैठक, डीजे र नशाविरूद्ध कड़ा चेताउनी


जलपाइगढी, 16 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजाको विषयमा राजगञ्जको बीडीओ कार्यालयस्थित कन्याश्री भवनमा प्रशासनले पूजा कमिटीहरूसित बुधवार एक महत्वपूर्ण बैठक गरे। बैठकमा पूजा गर्ने अनुमति, विद्युत एवं अग्निशमन विभागको स्वीकृति, पुलिस अनुमति समेत विभिन्न प्रशासनिक नियमहरू बारे जानकारी दिइयो।

बैठकमा राजगञ्जका बीडीओ शुभङ्कर दास, राजगञ्ज थानाका आईसी अमिताभ दास, विद्युत विभाग, दमकल विभाग र ट्राफिक पुलिसका अधिकारीहरू उपस्थित थिए। प्रशासनले पूजा पण्डाल र विसर्जन जुलूसमा डीजे प्रयोग नगर्ने कड़ा सुझाउ दिएको छ। अधिकारीहरूले स्पष्ट पारे, जुलूसमा डीजे बजाइयो भने नियमानुसार कारबाही गरिनेछ। यस अतिरिक्त पूजा परिसरमा कुनै पनि प्रकारको नशालु पदार्थको प्रयोगमाथि रोक लगाउने सम्बन्धमा पूजा कमिटीहरूलाई चेताउनी दिइयो।

बीडीओ शुभङ्कर दासले बताए, पूजाको अनुमति दिने प्रक्रिया तथा प्रशासनिक नियमहरूको बारेमा कमिटीहरूलाी प्रारम्भिक जानकारी दिइएको छ। सरकारबाट सबै दिशािर्देश प्राप्त भएपछि पुनः बैठक डाकेर पूजा कमिटीहरूलाई आवश्यक निर्देश दिइनेछ। प्रशासनले शान्तिपूर्ण तथा नियम अन्तर्गत दुर्गा पूजाको आयोजन सुनिश्जित गर्नेमाथि बल दियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande