मुख्यमन्त्रीले वेदान्ता दिल्ली हाफ म्याराथनको 21औं संस्करणको मेडल्स अनावरण गरिन्
मुख्यमन्त्रीले वेदान्ता दिल्ली हाफ म्याराथनको 21औं संस्करणको मेडल्स अनावरण गरिन्


नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार 'वेदान्ता दिल्ली हाफ म्याराथन'- को 21औं संस्करणको मेडल्स अनावरण गरिन्। दिल्ली सचिवालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले भनिन्, दिल्लीले सदैव फिटनेस र जनसहभागिताको यस भावनालाई उत्साहको साथमा अप्नाएका छन्। यसपालि फेरि एकपटक व्यापक रूपमा यस हाम म्याराथनमा भाग लिऔं अनि स्वस्थ दिल्लीको सङ्कल्पलाई गति दिऔं। यस अवसरमा दिल्लीका पर्यटन मन्त्री कपिल मिश्रा र वेदान्ता ग्रुपको वरिष्ठ टीम उपस्थित थियो।

कपिल मिश्राले एक्स पोस्टमा भने, यो म्याराथन स्वास्थ्य र जीतको दौड़ मात्र नभई 'रन फर जीरो हङ्गर’ -को माध्यमबाट अबोध बाल-बालिकाहरूलाई कुपोषणदेखि बचाउनु अनि उनीहरूलाई पौष्टिको भोजन दिलाउने एउटा पावन सङ्कल्प हो।

उनले भने, दिल्ली सरकार दिल्ली पर्यटनको साझेदारीमा आयोजित यस म्याराथनमा देश अनि दुनियाँभरिका मानिसहरूले भाग लिन्छन्।

उल्लेखनीय छ, वेदान्ता दिल्ली हाफ म्याराथन आगामी 18 अक्टोबरमा आयोजना भइरहेको छ। यो म्याराथन जवाहरलाल नेहरू स्टेडियमबाट शुरू भएर त्यहीँ आएर समाप्त हुनेछ। 18 अक्टोबरको दिन सबै रजिस्टर्ड धावकहरूका लागि दिल्ली मेट्रोमा पनि यात्रा निःशुल्क रहनेछ।त्यस दिन मेट्रो बिहान 3:15 बजेदेखि सञ्चालन हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande