युद्धपोत टक्कर मामिलामा भारतले पाकिस्तानी राजनयिकलाई बोलाएर कड़ा विरोध दर्ता गऱ्यो
भारत पाकिस्तान


नयाँ दिल्ली, १६ सेप्टेम्बर (हि.स.)। भारतीय नौसेनाको एउटा जहाजसँग पाकिस्तानी नौसेनाको जहाज ठोक्किएको घटनालाई लिएर भारतले कड़ा रुख अपनाउँदै नयाँ दिल्ली स्थित पाकिस्तानी उच्चायोगका कार्यवाहक प्रमुखलाई बोलाएर तीव्र विरोध जनाएको छ। भारतले घटनालाई अस्वीकार्य तथा गैरव्यावसायिक आचरण भनेको छ।

विदेश मन्त्रालय अनुसार, घटना अन्तरराष्ट्रिय समुद्री जलक्षेत्रमा भएको हो। ठोक्किँदा ठूलो क्षति नभएपनि पाकिस्तानी नौसेनाको जहाजको उक्त आचरण सैन्य अभ्यास, युद्धाभ्यास तथा सैनिक आवागमनबारे पूर्वसूचना दिने सम्बन्धमा भारत–पाकिस्तानबीच भएको अप्रेल १९९१ को सम्झौताको धारा १० को प्रत्यक्ष उल्लङ्घन भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पाकिस्तानी उच्चायोगका कार्यवाहक प्रमुखलाई सम्बन्धित अधिकारीहरूलाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सैन्य एकाइले पूर्ण सावधानी अपनाउन तथा दुवै देशबीच भएका द्विपक्षीय सम्झौताका प्रावधानलाई कड़ाइका साथ पालना गर्न स्पष्ट निर्देश दिन भनेको छ।

यसैगरी, इस्लामाबाद स्थित भारतीय उच्चायोगका कार्यवाहक प्रमुखलाई पनि पाकिस्तानको विदेश मन्त्रालय समक्ष घटनाबारे यस्तै कड़ा विरोध दर्ता गराउन निर्देश दिइएको छ।

उल्लेखनीय छ, १५ सेप्टेम्बरको साँझ उत्तर अरब सागरको अन्तरराष्ट्रिय जलक्षेत्रमा नियमित निगरानी अभियानमा तैनाथ भारतीय नौसेनाको अग्रपङ्क्तिको युद्धपोतको निकै नजिक पाकिस्तानी नौसैनिक जहाज तीव्र गतिमा पुगेको थियो। पाकिस्तानी जहाजले त्यस क्रममा गैरव्यावसायिक तथा अत्यन्त असुरक्षित ढङ्गले युद्धाभ्यास गर्दा दुवै जहाजबीच ठक्कर भएको थियो। घटनामा ठूलो क्षति भएको सूचना भने छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande