पर्यावरण तथा जलवायु सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा 17 देशका प्रतिनिधि सहभागी हुने
एनजीटी


नयाँ दिल्ली, १६ सेप्टेम्बर (हि.स.)। राष्ट्रिय हरित अधिकरण (एनजीटी) ले आगामी १९ र २० सेप्टेम्बरमा नयाँ दिल्ली स्थित विज्ञान भवनमा ‘पर्यावरण र जलवायु गतिशीलताको भविष्य’ विषयमा दुई दिने अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्। राष्ट्रपति द्रौपदी मुर्मू समापन सत्रमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्।

एनजीटीले बुधवार जारी गरेको विज्ञप्ति अनुसार, सम्मेलनमा भारतका प्रधानन्यायाधीश न्यायमूर्ति सूर्यकान्त, पर्यावरणमन्त्री भूपेन्द्र यादव, आवास तथा सहरी मामिला एवं विद्युत् मन्त्री मनोहर लाल, सर्वोच्च अदालतकी न्यायमूर्ति बी.भी. नागरत्ना, महान्यायाधिवक्ता आर. वेंकटरमणी, सोलिसिटर जनरल तुषार मेहता तथा एनजीटीका अध्यक्ष न्यायमूर्ति प्रकाश श्रीवास्तव लगायत विभिन्न प्रमुख व्यक्तित्वको सहभागिता रहनेछ।

सम्मेलनमा भारत बाहेक १७ देशका न्यायाधीश तथा न्यायिक प्रतिनिधिहरू सहभागी हुनेछन्। साथै पर्यावरण विशेषज्ञ, सर्वोच्च अदालत तथा उच्च अदालतका न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, वरिष्ठ सरकारी अधिकारी तथा विभिन्न पर्यावरण सम्बन्धी संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।

सम्मेलनमा पर्यावरण तथा जलवायुसँग सम्बन्धित चुनौतीहरूबारे छलफल गरिनेछ। विभिन्न देशले पर्यावरण संरक्षणका लागि अपनाइरहेका उपाय, न्यायिक अनुभव तथा वैज्ञानिक जानकारी आदान-प्रदान गरिनेछ।

सम्मेलनको उद्देश्य पर्यावरण सम्बन्धी नियम तथा नीतिको कार्यान्वयनमा देखिएका कमी–कमजोरी पहिचान गर्नु, सफल उपायहरू आदान-प्रदान गर्नु तथा विभिन्न संस्थाबीच सहकार्य विस्तार गर्नु रहेको छ। सम्मेलन मार्फत पर्यावरण संरक्षण, विकास र न्यायबीच अझ् राम्रो समन्वय कायम गर्ने विषयमा पनि छलफल गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande