रोहिणी गोलीकाण्डमा युवक पक्राउ
रोहिणी गोलीकाण्डमा युवक पक्राउ


नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। रोहिणीको केएन काटजु मार्ग क्षेत्रमा युवकसित झगड़ा गरेपछि गोली दागेको मामिलामा पुलिसले एकजना युवक अनि दुई जना नाबालिकलाई पक्राउ गरेको छ। पुलिसले आऱोपीले बताए अनुरूप घटनामा प्रयोग गरिएको देशी बन्दुक र पड़्काएको कारतुसलाई पनि जफत गरेको छ। पक्रा पर्ने युवकको पहिचान सेक्टर-26, रोहिणी निवासी शान्तनु (18)- को रूपमा भएको छ। पुलिस मुताविक आरोपी युवक पहिला नै लुटका दुई मामिलामा सामेल रहेको खुलासा भएको छ।

पुलिस अनुसार गत 12 सेप्टेम्बरमा केएन काटजु मार्ग थानास्थित बङ्गाली बस्ती पुनर्वास कलोनी, सेक्टर-26 मा फायरिङ्ग भएको पीसीआर कल प्राप्त भएको थियो। पुलिस घटनास्थलमा पुग्दा सिकायतकर्ताले बतायो, तीन जना युवकहरूले उसको भाञ्जा अर्जुन र साथीहरूसित झगड़ा गऱ्यो। यसैबीच आरोपीहरूमध्ये एकजनाले कथित रूपमा गोली दाग्यो।

मामिलामा एफआईआर नम्बर 319/26, धारा 109, 125, 3(5) बीएनएस र 27 आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरी जाँच शुरू गरियो। घटनास्थलमा मोबाइल क्राइम टीम एवं एफएसएल टीमलाई बोलाएर प्रमाण जुटाइयो अनि घटनास्थलको जाँच गरियो।

मामिलाको संवेदनशीलता ध्यानमा राखेर एउटा टीम गठन गरियो। एसीपी प्रशान्त विहार आरपी मिणाको निगरानीमा टीमले तकनिकी निगरानी तथा स्थानीय सूचनाको आधारमा आरोपीहरूलाई खोज्न शुरू गऱ्यो। यसै क्रममा शान्तनुको बारेमा सुइँको पाइयो जसपश्चात उसलाई पक्राउ गरियो। उसितै दुई जना नाबालिकहरूलाई पनि पक्राउ गरियो।

पुलिसले पत्तो लगाएको छ, शान्तनुको अर्जुनसित शत्रुता थियो। त्यसैले कथित रूपमा फायरिङ्ग गरिएको आशङ्का पुलिसले व्यक्त गरेको छ। पुलिसले हतियारको श्रोत र घटनाका अन्य पाटोहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande