12 वर्षदेखि फरार बदमाश पक्राउ
फोटो


सम्भल, १६ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको सम्भल जिल्लाको बहजोई कोतवाली पुलिसले १२ वर्षदेखि फरार १० हजार रुपियाँ इनामी एक अपराधीलाई पक्राउ गरेको छ।

पुलिस अधीक्षक विकास चन्द्र त्रिपाठी अनुसार, पक्रा पर्ने व्यक्ति मऊ कठेर गाउँ निवासी बनवारी हो। आरोपी पुलिसलाई छल्दै विगत १२ वर्षदेखि आफ्नो नाम परिवर्तन गरेर चण्डीगढ़मा बस्दै आएको थियो। बहजोई कोतवाली पुलिसले उसलाई बुधवार पक्राउ गरेको हो।

पुलिस अधीक्षक अनुसार, दुई वर्षअघि बनवारीमाथि १० हजार रुपियाँ पुरस्कार घोषणा गरिएको थियो। पक्रा परेको आरोपीसँग पुलिस टोलीले सोधपुछ गरिरहेको छ। सोधपुछबाट प्राप्त तथ्यका आधारमा थप कानूनी कारबाही गरिने उनले बताए।

/ बिशाल


 rajesh pande