
नयाँ दिल्ली, १६ सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले पञ्जाबको होसियारपुर जिल्लाको बाडियां कलांमा डा. भीमराव अम्बेडकरको प्रतिमा क्षतिग्रस्त पारिएको घटनालाई लिएर भगवन्त मान नेतृत्व सरकारको आलोचना गरेको छ। भाजपाले सरकारी कार्यालयमा बाबासाहेबको तस्वीर राखेर मात्र देखावटी गर्ने गरिएको, तर राज्यमा उनका प्रतिमाको सुरक्षा गर्न नसकिएको आरोप लगाएको छ।
भाजपाका केन्द्रिय कार्यालय प्रभारी तथा सांसद तरुण चुघले सामाजिक सञ्जाल ‘एक्स’ मा गरेको पोस्टमा बाडियां कलांमा बाबासाहेबको प्रतिमासँग भएको घटनाले पञ्जाबको कानून–व्यवस्थाको स्थितिमाथि प्रश्न उठाएको बताएका छन्। अपराधी तथा उपद्रवीहरूमा पुलिस–प्रशासनको डर नरहेको दाबी गर्दै उनले सरकारको असफलताका कारण पञ्जाबले लज्जित हुनुपरेको आरोप लगाए।
चुघले मुख्यमन्त्री भगवन्त मानसँग घटनाका जिम्मेवार व्यक्तिको तत्काल पहिचान गरी पक्राउ गर्न तथा कानून अनुसार कड़ा कारबाही गर्न माग गरेका छन्। उनले पञ्जाबका जनताले बाबासाहेबको अपमान स्वीकार नगर्ने बताएका छन्।
पञ्जाबमा यसअघि पनि डा. अम्बेडकरका प्रतिमासँग जोड़िएका कथित अपमानका घटनालाई लिएर विरोध प्रदर्शन भएका थिए। सेप्टेम्बरको शुरूआतमा लुधियानामा भएको यस्तै एउटा घटनाको विरोधमा होसियारपुर र जालन्धरमा दलित तथा वाल्मीकि संगठनहरूले बन्दको आह्वान गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी