त्रिपुरामा 40 करोड़को याबा ट्याब्लेट जफत, ट्रक चालक पक्राउ
Image Related to the 50 Kgs of Yaba Worth ₹40 Crore Seized In Tripura.


अगरतला, १६ सेप्टेम्बर (हि.स.)। त्रिपुरा पुलिस, असम राइफल्स र राजस्व गुप्तचर निदेशनालय (डीआरआई) को संयुक्त टोलीले उत्तर त्रिपुराको पानीसागर नाका क्षेत्रमा ठूलो कारबाही गर्दै लगभग पाँच लाख याबा ट्याब्लेट जफत गरेको छ। जफत लागूऔषधको अन्तरराष्ट्रिय बजार मूल्य लगभग ४० करोड़ रुपियाँ रहेको अनुमान गरिएको छ।

पानीसागरका पुलिस उपअधीक्षक किशलय शिशोदिया अनुसार, सुरक्षा बललाई असमबाट एउटा ट्रक मार्फत लागूऔषधको खेप त्रिपुरा ल्याइँदै गरेको गोप्य सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा संयुक्त टोलीले असमबाट अगरतलातर्फ जाँदै गरेको टाटा ट्रकलाई पानीसागर नाकामा रोकेर तलासी लिएको थियो।

कारबाही दण्डाधिकारीको उपस्थितिमा गरिएको गहन तलासीका क्रममा ट्रकभित्र विशेष रूपमा बनाइएको गोप्य कोठा फेला पऱ्यो। सोही लुकाइएको कक्षमा याबा ट्याब्लेट राखिएको अवस्थामा भेटिएको पुलिसले जनाएको छ। पुलिसले ट्रक चालकलाई पक्राउ गरेको छ। यस घटनामा लागूपदार्थ नियन्त्रण सम्बन्धी कानूनका सम्बन्धित धारा अन्तर्गत प्राथमिकी दर्ता गरी थप कानूनी कारबाही अघि बढ़ाइएको छ।

त्रिपुराका मुख्यमन्त्री डा. माणिक साहाले पनि सामाजिक सञ्जाल मार्फत कारबाहीबारे जानकारी दिँदै सुरक्षा बलको प्रयासको प्रशंसा गरेका छन्। उनले यसलाई ‘नशामुक्त त्रिपुरा’ अभियानको दिशामा महत्वपूर्ण कारबाहीका रूपमा उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande